
एसियन हाइवे प्रति इटहरीका सामाजिक अगुवाहरूको चासो : डिजाइन परिवर्तन गर्न माग
- चैत्र २८, २०७९ मा प्रकाशित

इटहरी / झापाको काँकडभिट्टादेखि सुनसरीको लौकीसम्म ९६ किलोमिटर लामो चार लेन सडक निर्माण अन्तरगत इटहरीमा आइपुग्दा सहरको शाैन्दर्यकरण सँगै व्यापारिक , भाैगलिक र वातावरणीय क्षेत्रमा अतुलनीय क्षति हुने भएपछि उक्त राजमार्ग प्रति इटहरीका सामाजिक अगुवाहरूले चासो देखाएका छन् ।
सोमबार एसियन हाइवेको डिजाइन परिवर्तनको माग सहित उपमहानगरमा ज्ञापन पत्र बुझाउँदै सामाजिक अगुवाहरूले यस्तो माग गरेका हुन । काँकडभिट्टादेखि लौकीसम्मको सडक खण्ड विस्तारका क्रममा इटहरीमा बाँध बनाएर सडक बिस्तारको डिजाइन परिवर्तन गर्न स्थानीयहरूले माग गरेका हुन । सोमबार इटहरीका मेयर हेम कर्ण पौडेललाई ज्ञापन पत्र बुझाउँदै बाध बनाएर सडक मर्मत गर्नुको सट्टा पिलर उठाएर स्काइ व्रिज निर्माण गर्न उत्तम रहेकोले सोही अनुरूप ज्ञापन पत्र बुझाइएको सामाजिक अगुवाहरूले बताएका छन् ।
बाध बनाएर सडक बिस्तार गर्दा इटहरीको स्वरूप बिग्रनुका साथै व्यापारिक क्षेत्र पनि बिग्रने इटहरीका सामाजिक ब्याक्तिहरूले निष्कर्ष निकालेका छन् । उपमहानगरका मेयर पौडेललाई इटहरीका अग्रज मेदिनी प्रकाश सिटौलाले ज्ञापन पत्र बुझाएका थिए । पत्र बुझ्दै मेयर पौडेलले आयोजनाको डिजाइन अनुसार सडक बिस्तार भए इटहरी नास हुने भयकोले तत्काल डिजाइन परिवर्तन गर्न एडिबी सँगै अनुरोध गरिरहेको बताए । यसले इटहरीलाई नराम्रो असर गर्छ भनेर २ पटक सम्म डिपिअार र डिजाइन परिवर्तन गर्न माग सहित एडिबीलाई पत्र पठाइसकेको मेयर पौडेलले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments