
एसइईको उत्तरपुस्तिका जाँच्ने अधिकार अब प्रदेशलाइ
- जेष्ठ ३१, २०७९ मा प्रकाशित
इटहरी । यस वर्ष सञ्चालित माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका जाँच्ने जिम्मा सम्बन्धित प्रदेशलाई दिइने भएको छ । प्रदेशले विद्यार्थीको प्राप्ताङ्क सफ्टवेयर मार्फत राष्ट्रिय परीक्षा बोर्डमा पठाउने र बोर्डले रुजु गरी नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।
यो वर्ष प्रदेश परीक्षा समिति बनाएर परीक्षा सञ्चालन, अनुगमन, निरीक्षण, परीक्षा केन्द्रका मापदण्डहरु निर्धारण, उत्तरपुस्तिका संकलन, परीक्षण, अंक चढाउन सक्ने अधिकार बोर्डले प्रदेशलाई दिएको हो ।
पाठ्यक्रममा आधारभूत तहको अन्तिम परीक्षा स्थानीय सरकारले, कक्षा १० को अन्तिम परीक्षा प्रदेशले र कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने भन्ने उल्लेख छ । तर यस अनुसार शिक्षा ऐन संशोधन नभएकाले प्रश्नपत्र बोर्डले बनाउने र प्रदेशलाई पनि केही अधिकार दिने गरी काम गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।
उनले भने ‘ऐन परिवर्तन नभएसम्म पाठ्यक्रमले भने अनुसार हुँदैन । तर, प्रदेशलाई पनि अधिकार दिनुपर्छ भनेर हामीले नियमावली बनाएर प्रदेशलाई जिम्मेवारी दिएका छौं ।’
बोर्डले केही दिनभित्रै प्रत्येक प्रदेशमा विद्यार्थीको प्राप्ताङ्क चढाउनको लागि विशेष सफ्टवेयर जडान गर्ने तयारी भइरहेको जनाएको छ । परीक्षाको नतिजा असार मसान्तसम्म निकाल्ने गरी काम भईरहेको बोर्डको भनाइ छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments