
एशिया कप आजदेखि : सुखद सुरुवातको दाउमा नेपाल, उद्घाटन खेलमा युएईको सामना गर्दै
- श्रावण ४, २०८१ मा प्रकाशित

इटहरी। एसिसी महिला एशिया कप २०२४ को उद्घाटन खेलमा आज (शुक्रबार) नेपालले युएईको सामना गर्दैछ । खेल श्रीलंकास्थित दाम्बुला क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः१५ बजे शुरु हुनेछ ।
तयारीका लागि नेपाली टोली दुई साताअघि नै श्रीलंका पुगेको थियो । तयारीका लागि नेपालले श्रीलंका विकास टोलीविरुद्ध तीन खेल खेलेको थियो जसमध्य पहिलो दुई खेलमा हार व्यहोरेको थियो भने अन्तिम खेलमा जित हासिल गर्यो । आज युएई हराउँदै नेपाल प्रतियोगितामा सुखद शुरुवात गर्ने दाउमा छ ।
नेपालको यो तेस्रो एशिया कप सहभागिता हो । यसअघि नेपालले २०१२ र २०१६ मा महिला एशिया कप खेलेको थियो । दुवै पटक नेपालले सबै खेलमा हार व्यहोरेको थियो । समूह ‘ए’ मा रहेको नेपालले पाकिस्तानविरुद्ध जुलाई २१ मा खेल्ने छ भने भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ । समूह चरणबाट दुई/दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच साउन १३ गते फाइनल भिडन्त हुनेछ ।
नेपाली टोली
इन्दु वर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) , पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई, राजमती ऐरी ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments