
एमाले नेता सुवेदीमाथि कुटपिट, अभियुक्तविरुद्ध जाहेरी दर्ता
- जेष्ठ ८, २०७९ मा प्रकाशित
इटहरीः नेकपा एमालेका १ नम्बर प्रदेश कमिटी सचिवालय सदस्य डम्बर सुवेदी (हिमाल) माथि आज बिहान कुटपिट भएको छ ।
आफूलाई इटहरी ६ संगीत चोकनजिकै गठबन्धनको तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिई पराजित भएका केशवकुमार बिष्टका छोरा सहितको ३ जनाको समूहले कु्टपिट गरेका पीडित सुवेदीले बताएका छन् । सुवेदी मतगणना सम्पन्न गरी घर फर्कने तयारीमा रहँदा कैलाश विष्टले चुनाव प्रचारका बेला सुवेदीले इटहरीको वडा नम्बर १५ बाट केशब विष्ट सहितको टोली पैसा बाँड्दै गर्दा जनताबाट लखेटिएको भन्ने स्टाटस के प्रमाणका आधारमा लेख्नु भयो अंकल भनेर सोधेपछि विवाद भई हातपात भएको प्रत्यक्षदर्शीको भनाइ छ ।
घटनापछि नेकपा एमाले इटहरी उपमहानगर कमिटीले प्रेस विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेको छ । दोषीलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गर्नसमेत कमिटीले स्थानीय प्रशासनसँग माग गरेको छ ।

यसैबीच, घटनामा संलग्न भनिएका तीनै जनाविरुद्ध इलााका प्रहरी कार्यालय इटहरीमा ज्यान मार्ने उद्योग अभियोगमा कारबाहीको मागसहित किटानी जाहेरी दर्ता गरिएको कार्यालयका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) खगेन्द्र खड्काले जानकारी दिए । पीडित सुवेदीले दिएको जाहेरी दर्ता भएपछि एमाले समर्थित कार्यकर्ताले गरेको सडक अवरोधसमेत हटेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments