
एमाले नेता रिजाल भन्छन्- भ्यागुताको धार्नी बनाउन कथित गठबन्धन
- चैत्र १६, २०७८ मा प्रकाशित
काठमाडाैं: नेकपा (एमाले) का नेता विष्णु रिजालले सत्ता गठबन्धनलाई अवसरवाद र त्रासकाे गठबन्धन भनेका छन् । सत्तासीन कांग्रेसले स्थानीय तहकाे निर्वाचनमा आवश्यकता अनुसार गठबन्धनकाे निर्णय गरेसँगै एमाले प्रचारविभाग उपप्रमुखसमेत रहेका रिजालले भ्यागुताकाे धार्नी बनाउन कथित गठबन्धन भनेका हुन् ।
सत्ता गठबन्धनका नेकपा माओवादी र एकीकृत समाजवादी याे समीकरणलाई संसदीय चुनावसम्मै लग्नुपर्ने मतमा छन् ।
रिजालले बुधबार बिहान फेसबुकमा लेखेका छन्, ‘एमाले र केपी ओलीको विरोध गर्नुबाहेक आठ महिनासम्म सत्तापक्षले जनतासमक्ष भन्नका लागि एउटा पनि काम गर्न सकेको छैन । ओली सरकारका पालामा निर्माण भएका योजनाहरुको टुटी खोल्न हेलिकोप्टर चढेर रमाइरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्टै भनेका छन्, ‘एमाले बलियो छ, एक्लै लड्न सकिन्न ।’
उनले अगाडि लेखेका छन्, ‘त्यही भएर भ्यागुताको धानी (धार्नी) बनाउन उनीहरुले कथित गठबन्धन भनिरहेका छन् । सिद्धान्त, विचार, झण्डा, कार्यनीति, रणनीति, कार्यदिशा, शब्द प्रयोग जस्ता कुनै पनि कुरा नमिल्नेहरुबीचको गठबन्धन अवसरवाद र त्रासको गठबन्धनको हुन्छ । हामीले बुझ्छौँ र प्रस्ट छौँ, सत्तारुढ गठबन्धन हामीसँग जति आतंकित भइरहेको छ, हाम्रो लोकप्रियता र शक्ति त्यति बढिरहेको छ ।’
घेराबन्दी र षड्यन्त्रलाई परास्त गर्दै अत्यधिक बहुमतसहित पहिलो शक्ति हुनबाट एमालेलाई कसैले रोक्न नसक्ने उनले जिकिर गरेका छन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments