
एमाले अध्यक्ष ओली इनरुवा आउँदै, आमसभालाई सम्बोधन गर्ने
- चैत्र १८, २०७८ मा प्रकाशित
इटहरीः नेकपा एमालेका संघीय अध्यक्ष केपी शर्मा ओली आगामी चैत ३० गते सुनसरी सदरमुकाम इनरुवा आउने भएका छन् ।
आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीको सुनसरी जिल्ला कमिटिले आयोजना गर्न लागेको आमसभालाई सम्बोधन गर्न ओली इनरुवा आउने कार्यक्रम तय भएको एमाले सुनसरी जिल्ला अध्यक्ष रेवतिरमण भण्डारीले जानकारी दिए । उनका अनुसार २०७४ सालयताकै विशाल जनसभामा २५ हजारभन्दा बढी एमाले समर्थकहरुको सहभागिता रहनेछ । सो आमसभाका अवसरमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहित अन्य विभिन्न राजनीतिक दलका महत्वपूर्ण नेताहरुका साथै हजारौँको संख्यामा कार्यकताहरु एमालेमा प्रवेश गर्ने अध्यक्ष भण्डारीको भनाइ थियो ।

एमाले जिल्ला प्रचार विभागले हिजो पार्टी कार्यालय इनरुवामा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले सुनसरीमा अन्य दलको गठबन्धनले एमालेलाई कुनै असर नगर्ने समेत बताए । गठबन्धन बनाएर अन्य दलहरु आफूसँग चुनाव लड्न आए त्यसले आफूहरुलाई नै फाइदा गर्ने उनको भनाइ थियो । निर्वाचनको गतिविधि सञ्चालनका लागि जिल्लाका प्रत्येक स्थानीय तहहरुमा कम्तिमा तीन सय जनादेखि एक हजार जना सम्मको निर्वाचन परिचालन कमिटीले काम गर्ने उनले बताए । आगमाी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको तयारी युद्धस्तरमा चलिरहेको बताउँदै उनले सुनसरीमा पार्टीका सबै जनवर्गीय संगठनहरु कृयाशील रहेको जानकारी दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments