
एमालेले आज दमकमा एक लाख कार्यकर्ता उतार्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
- चैत्र २९, २०८१ मा प्रकाशित

इटहरी । सत्तारुढ नेकपा एमालेले आज (शनिबार) झापामा कोशी प्रदेशस्तरको जागरण सभा गर्दैछ । सभालाई नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाँदैछन्। सरकार र नेकपा एमालेका विरुद्धमा चौतर्फी आक्रमण गर्ने योजना बनाइएकाले त्यसमा पार्टीका दृष्टिकोण प्रस्तुत गर्न सभा राखिएको एमालले जनाएको छ।राजतन्त्रवादीहरूले छरेका भ्रमको पछाडि नलाग्नका लागि जनतालाई जागरण गराउनका लागि सन्देश दिन पनि सभा गर्न लागिएको आयोजकले जनाएको छ।
जनसभामा झापा मोरङ, सुनसरी उदयपुरसहित कोशी प्रदेशका सबै जिल्लाबाट उपस्थिति हुने नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राईले जानकारी दिए । जागरण सभाको पूर्वसन्ध्यमा शुक्रबार मोटरसाइकल र्याली निकालिएको थियो ।
आज बिहानैदेखि तयारी तीव्र पारिएको नेकपा एमाले कोसी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए। अवाञ्छित शक्तिहरूले लोकतन्त्र, गणतन्त्र र संघीयता अराजक गतिविधि गर्न थालेपछि जागरण सभा गर्नुपरेको उनको भनाइ छ । सभाका क्रममा बिहान १० बजेदेखि कलाकार टोलीले सांस्कृतिक कार्यक्रम गर्ने बताइएको छ ।
त्यसपछि पश्चिमतर्फ गोरखा डिपार्टमेन्ट स्टोरबाट र्यालीसहित कार्यक्रम स्थलमा जाने र पूर्वतर्फ पुल पारिबाट दमकको पशु बजारमा नेता कार्यकर्ता केन्द्रित हुने कार्यक्रम रहेको अध्यक्ष खतिवडाले बताए । प्रधानमन्त्री ओली दिउँसो १२ः३० बजे कार्यक्रम स्थलमा आइपुग्ने र कार्यक्रमको औपचारिक उद्घाटन गरिने उनले जानकारी दिए ।
कार्यक्रम २ घण्टासम्म चल्ने आयोजकले जनाएको छ । खतिवडाका अनुसार, कार्यक्रममा नेकपा एमाले कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले प्रदेशको अवस्थाबारे धारणा राखेपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । जनजागरण सभामा एक लाख जना सहभागी हुने अपेक्षा आयोजकले गरेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments