
एमालेबाट हेटौंडाको मेयरमा ९ र उपमेयरमा ७ जना सिफारिस
- चैत्र २८, २०७८ मा प्रकाशित
हेटौडा: आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदको लागि ९ जना र उपमेयर पदको लागि ७ जनाको नाम सिफारिस गरिएको छ ।
आइतबार बसेको नगर कमिटिको बैठकमा सहमति नजुटेपछि आकांक्षी सबै जनाको नाम जिल्ला कमिटिमा सिफारिस गरिएको हो ।
हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि आकांक्षी हरिबहादुर महत, रघुनाथ खुलाल, रामेश्वर राना, एकलाल श्रेष्ठ, अनन्त पौडेल, मदन दाहाल, ध्रुव चौलागाईं, विके महर्जन र गणेशकुमारी प्रधानलाई सिफारिस गरिएको हो ।
महत अहिले पनि मेयर छन् भने खुलाल जिल्ला समन्वय समितिका प्रमुख हुन् । राना नेकपा एमाले केन्द्रीय सदस्य हुन् भने श्रेष्ठ जिल्ला अध्यक्ष हुन् ।
यस्तै मेयरका अर्का आकांक्षी पौडेल दोश्रो संविधानसभा सदस्य ह्न् । दाहाल र चौंलागाईं अधिवक्ता हुन् भने महर्जन यस अघि हेटौंडा उपमहानगरपालिकाको वातावरण महाशाखा प्रबन्धकमा कार्यरत थिए ।
मेयर पदमा सिफारिस एक मात्र महिला प्रधान भने जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य छिन् । उपमेयर पदका लागि सुमित्रा काफ्ले, मेनुका दाहाल, सीता बिष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपाललाई सिफारिस गर्ने निर्णय गरेको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments