
एमालेको ‘युथ सेलिब्रेसन’ : भोलि काठमाडौंमा एक लाख युवा उतार्ने लक्ष्य
- बैशाख १०, २०८२ मा प्रकाशित

इटहरी । सत्तारुढ नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा भोलि काठमाडौंमा आयोजना गर्ने ‘युथ सेलिब्रेशसन’ विशेष कार्यक्रमको तयारी पूरा भएको जनाएको छ। लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको रूपमा एमालेले काठमाडौंको भृकुटीमण्डपमा भोलि दिउँसो १ बजेबाट यथ सेलिब्रेसन गर्दै छ । भोलि हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको ४० वर्षमुनिका युवा परिचालनको जिम्मा पाएका युवा संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले कार्यक्रममा सहभागी हुन देश भरका युवाहरू आउने क्रम सुरु भइसकेको बताएका छन् ।
‘जनताले जितेको ऐतिहासिक दिनलाई नेपाली युवाहरूले सेलिब्रेशन गर्नुपर्छ, यो दिनलाई युवाले लोकतन्त्रको उत्सवको रूपमा मनाउने छन्’, उन्ले भने । कार्यक्रममा एमालेका ४० वर्षमुनिका युवाहरूको ऐतिहासिक सहभागिता हुने उनले जानकारी दिए । भोलिको कार्यक्रममा देशभरबाट एक लाख युवाले सहभागिता जनाउने उनले जानकारी दिए। भोलिको दिन युवाले देश बनाउने संकल्प गर्ने दिन भएको पनि उनको भनाइ छ ।
यो देश युवाले नै बनाउने र बनाउनु पर्ने उनले बताए । भोलिको कार्यक्रममा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले संक्षिप्त मन्तव्य राख्ने छन् । बाँकी सबै वक्ताहरू युवा हुनेछन्। विभिन्न उमेर समूहका युवाहरूले कार्यक्रमलाई सम्बोधन गर्नेछन् । कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, अनेरास्ववियु अध्यक्ष समिक बडाल युवा तथा विद्यार्थी नेताहरू आनन्द सिंह, विष्णु पोखरेले अश्विनी सेख, शिवकुमारी चौधारी, विशाल पुन, शर्मिला भण्डारी लगायतले धारणा राख्ने छन् । कार्यक्रमस्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन हुनेछन् ।
कार्यक्रमस्थलमा कफी सप, फुडसपहरु तथा युवाले उत्पादन गरेका सामानहरूको स्टल समेत राखिने भएको छ। भोलिको कार्यक्रम नितान्त फरक कार्यक्रम हुने आयोजकले जनाको छ।कार्यक्रमको मञ्च आज बेलुकासम्म तयार हुने बताइएको छ । भोलिको कार्यक्रमको मञ्च समेत विशेष हुने आयोजकको भनाइ छ । पत्रकार सम्मेलनमा काठमाडौं उपमहानगरपालिका प्रमुख सुनिता डङ्गोल तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, अनेरास्ववियुका अध्यक्ष समिक बडाल पनि सहभागी थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments