
एमालेकी थापा बनिन् उर्लाबारी ७ की वडाध्यक्ष
- जेष्ठ ५, २०७९ मा प्रकाशित
इटहरीः उर्लाबारी नगरपालिका वडा नं. ७ मा नेकपा एमालेकी उर्मिला थापा वडाध्यक्ष निर्वाचित भएकी छन् ।
एक हजार चार सय ५५ मतकास साथ थापा नगरकै पहिलो महिला वडाध्यक्ष बनेकी हुन् । वडाध्यक्षमा काँग्रेसका वीरबल थापाले ११४४, स्वतन्त्र उम्मेद्वार छत्रबहादुर कार्कीले ५३७, माओवादी केन्द्रका पवन चौधरीले २०५, राप्रपाका ज्ञानेन्द्र ओलीले १५२, स्वतन्त्र दिलकुमार श्रेष्ठले ३९ र मंगोल नेशनल अर्गनाइजेशनका पूर्णबहादुर लिम्बूले १२ मत प्राप्त गरे ।
महिला वडा सदस्यमा नेकपा एमालेकी मनमाया तामाङ १५२१ मतका साथ विजयी भएकी छिन् । सो पदमा नेपाली काँग्रेसकी शोभितमाया तामाङले १४०८, राप्रपाकी कमलाकुमारी दाहालले २१२ र नेकपा एसकी सीताकुमारी पराजुलीले १२० मत प्राप्त गरे । दलित महिला सदस्य र खुला दुई सदस्यमा नेपाली काँग्रेसका उम्मेद्वार विजयी भएका छन् ।
दलित महिला सदस्यमा नेपाली काँग्रेसकी मञ्जु परियार १५७५ मतका साथ विजयी हुँदा नेकपा एमालेकी कविता सिवाले १३९४, राप्रपाकी कमला सुन्दासले १८६, नेकपा एसकी शान्ति सुन्दास दर्जीले १२८ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सुनी दर्जीले २२ मत प्राप्त गरे ।
वडा सदस्यमा नेपाली काँग्रेसका सुमन कार्की १५७७ र काँग्रेसकै सन्तोष निरौला १४३६ मत ल्याएर विजयी बने ।
वडा सदस्यमा एमालेका राजनप्रसाद दाहालले १३२२, हरिप्रसाद ढकालले १२९२, माओवादी केन्द्रका यमलाल रसाइलीले २५६, सरोज बस्नेतले २५३, राप्रपाका वेदप्रसाद शिवाकोटीले २२५, टेकनाथ नेपालले १९४ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोपाल पौडेलले १७ मत प्राप्त गरे ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments