
एमालेका रमेश राई बने धरान २ का वडाध्यक्ष
- जेष्ठ १, २०७९ मा प्रकाशित
इटहरीः धरान उपमहानगरपालिका वडा नं २ मा नेकपा एमालेका रमेश राई वडाध्यक्ष चुनिएका छन् ।
राई ७४८ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार सुधीरसिंह लिम्बूले ६२७ मत ल्याएको निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी दिए ।
सदस्यमा पनि एमालेबाटै विजयी समीर राई ६६० मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका अजय राईले ६५५ मत ल्याए ।
यस्तै, दलित महिला सदस्यमा कांग्रेसका बुनु शंकरले ६८० मत पाएर विजयी भएकी छन् भने एमालेका उम्मेदवारले ६५५ मत पाएका छन् ।
यस्तै, महिला खुला सदस्यमा कांग्रेसकी सन्ध्या श्रेष्ठले ६८४ मत पाएर विजयी हुँदा उनकी प्रतिद्वन्द्वी एमालेकी उम्मेदवारले ६६७ मत पाइन् ।
कांग्रेसका दिनेश अग्रवालले ६९१ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ६२८ मत पाएको निर्वाचन कार्यालय धरानले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments