
एमालेका जीवन सुवेदी बने धरान–७ का वडाध्यक्ष
- जेष्ठ ३, २०७९ मा प्रकाशित
इटहरीः सुनसरीको धरान उपमहानगरपालिका ७ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार जीवन सुवेदी निर्वाचित भएका छन् ।
६७९ मत प्राप्त गरी उनी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सुवर्णमोहन पलिखेले ५७२ मत मात्र पाए । दुवै उम्मेदवारबीच १०७ मतको अन्तर रह्यो । २०७४ को निर्वाचनबाट पनि सुवेदी नै वडाध्यक्ष चुनिएका थिए । दुई जना वडा सदस्य भने काँग्रेसबाट विजयी भएका छन् ।
यसैगरि, वडा सदस्यमा एमालेबाट खुला सदस्यमा राजेश मोक्तान ५९३ मत ल्याएर विजयी भएका छन् भने दलित महिला सदस्यमा डे कुमारी विश्वकर्मा ६२४ मत ल्याएर विजयी भएकी छन् । महिला वडा सदस्यमा भने नेपाली काँग्रेसकी रमिता श्रेष्ठ ६२७ मत ल्याएर विजयी भइन् । यस्तै, खुला सदस्यतर्फ काँग्रेसका सुमिर बम्जन ६ सय मत ल्याएर विजयी भएका छन् । वडा नं ७ मा २१४६ मतदाता रहेकोमा १४५० मत खसेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments