
एमसीसी राष्ट्रभन्दा माथि हुन सक्दैन : मन्त्री पासाङ
- फाल्गुन ७, २०७८ मा प्रकाशित
खोटाङ: प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जा मन्त्री रामकुमार राई (पासाङ)ले मन्त्री राईले एमसीसी राष्ट्रभन्दा माथि हुन नसक्ने बताएका छन् । प्रेस सेन्टर नेपाल खोटाङले शुक्रबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले राष्ट्र बच्यो भने मात्र सबथोक बच्ने भएकाले एमसीसी राष्ट्रभन्दा माथि हुन नसक्ने धारणा राखेका हुन् ।
मन्त्री राईले एमसीसी सम्झौताको विषय टुंग्याउन राष्ट्रिय सहमतीको आवश्यकता औंल्याएका छन् । ‘एमसीसी त्यत्ती सजिलै अगाडि बढ्छ जस्तो लाग्दैन, यसले राष्ट्रिय सहमती खोज्छ, संशोधन गर्नुपर्ने बुँदामा पुग्नु पर्छ । राष्ट्र बचाउनु छ, राष्ट्र बच्यो भने त पार्टी बच्छ, राष्ट्र छैन भने पार्टी कहाँ रहन्छ, राष्ट्र छैन भने हामी जनता कहाँ रहन्छौं ?,’ मन्त्री राईले भने, ‘राष्ट्र जोगाउनका लागि वहस छलफल भइरहेको छ, दृष्टिकोणहरु केही बाझिएको होला, आँखा चिम गरेर पास गर्नुपर्छ भन्ने पनि होईन । यसको समाधान राजनैतिक दले निकाल्छ र निकाल्नु पर्छ । राष्ट्रिय सहमती गरेरै जान पर्छ ।’
नवनिर्वाचित मन्त्री राईले वर्तमान सत्ता गठबन्धन सजिलै नटुट्ने दावी गरेका छन् । राष्ट्रिय स्वाधिनता र संविधान बचाउनलाई एकठाउँमा जुटेको गठबन्धन यती सजिलै टुट्न नसक्ने मन्त्री राईको दावी थियो । उनले वर्तमान गठबन्धनमाथि राष्ट्रियदेखि अन्र्तराष्ट्रिय शक्ति केन्द्रको गिद्धे नजर परिरहेको बताएका छन् । ‘हामी गठबन्धनलाई बचाउनु पर्छ भन्नेमैं छौँ । हामी अग्रगामी पार्टी राष्ट्रिय स्वाधिनता र संविधान बचाउनलाई जुटेका हौं,’ मन्त्री राईले भने, ‘यो सायद यती छिटै टुट्छ जस्तो लाग्दैन । टुट्यो भने राजनीतिक रुपमा नियोजित ढंगले टुट्न सक्छ । अन्तर्राष्ट्रिय शक्ती केन्द्रहरुको पनि गिद्धे नजर छ ।’
मन्त्री राईले तत्कालिन नेकपा छँदा एमसीसीलाई अध्ययन गरेर संशोधन बिना पास गर्न नसकिने धारणा बनेको चर्चा गरेका छन् । उनले प्रदेशको नामाकरण चाँडै टुंग्याउन पहल भइरहेको जानकारी दिए । -न्यूज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments