
एमसीसी पारितसँगै नेपाल तीन ढुंगाबीचको तरुल भयो : मेहता
- चैत्र १८, २०७८ मा प्रकाशित
नयाँ दिल्ली: भारतीय सेनाका पूर्वजर्नेल तथा नेपाल मामिलाका जानकार अशोक मेहताले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएसँगै नेपाल तीन ढुंगाको तरुल भएको टिप्पणी गरेका छन् ।
पृथ्वीनारायण शाहको उदाहरण दिँदै पूर्वजर्नेल मेहताले एमसीसीले चीनलाई पराजित गरेर नेपाल प्रवेश गरेको उल्लेख गर्दै नेपाल तीन ढुंगाबीचको तरुल भएको टिप्पणी गरेका हुन् ।
‘यसबेला हामी पृथ्वीनारायण शाहले याद गर्छौ, उनले कुनै बेला भनेका थिए, नेपाल दुई ढुंगाबीचको तरुल हो, अब नेपाल तीन ढुंगाबीचको तरुल हुन पुगेको छ,’ मेहताले न्युज कारखानासँग भने, ‘किनभने अमेरिका पनि नेपालमा आयो, यसअघि अमेरिका कहिल्यै नेपाल आएको थिएन, उ अलि पछाडि नै थियो । तर, अहिले एमसीसीमार्फत इन्डो-प्यासोफिक रणनीति लागू गर्न अर्थात चीनलाई घेर्ने जुन रणनीति बनाएको थियो, त्यो अब अमेरिकाले गर्छ ।’
एमसीसी पारित भएसँगै नेपालमा चीन पराजित अवस्थामा रहेको भनेर पटक-पटक उल्लेख गरेका मेहताले एमसीसीले चिनियाँ सहयोग बिआरआईलाई रोक्ने जिकिर पनि गरेका छन् । ‘यसको मतलब यो होइन कि एमसीसीले सबै काम गर्छ । तर, एमसीसीले बिआरआईलाई भने रोक्छ, देख्नुभयो नि बिआरआईमा चीनले अहिलेसम्म पैसा पनि हालेको छैन,’ मेहताले अगाडि भने, ‘बिआरआई सन् २०१७-१८ देखिको कुरा हो, कतिवटा रेल्वे लाइन, कतिवटा कोरिडर बनाउने भन्ने कुरा थियो नि ? अहिलेसम्म त्यो बन्यो त बनेन नि, त्यसलै एमसीसीमा चीनले हारेको छ ।’ -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments