
एमसीसीलाई लिएर धेरैले भ्रम छरे, यो नेपालकै हितमा छ – प्रकाशमान सिंह
- फाल्गुन २५, २०७८ मा प्रकाशित
काठमाडौं: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको हितका लागि आवश्यक रहेकाले कांग्रेसले यसअघि प्रतिपक्षमा रहँदासमेत अमेरिकी सहयोग परियोजना मिलेनेयिम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को वकालत गरेको बताएका छन् ।
काठमाडौँ क्षेत्र १ अन्तर्गत महानगरपालिका- ३१ को शंखमूलमा आज बिहान आयोजित बुथ कार्यसमिति गठन समारोह सम्बोधन गर्दै उनले एमसीसी नेपालको हितका लागि आवश्यक भएका कारण वकालत गरिएको बताएका हुन् ।
‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकताअनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ नेता सिंहले भने ।
उनले एमसीसीका बारेमा भ्रम छर्नेहरूले हुँदै नभएको कुरा गरेर इन्डो–प्यासिफिक रणनीतिसँग जोडेकोप्रति आपत्ति जनाए । ‘एमसीसीका बारेमा गलत प्रचार गर्नेहरूले नेपाल आईपीएसको अंग बन्यो भनेर भ्रम छरे,’ नेता सिंहले भने, ‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ । यसलाई हामीले छाडेका छैनौँ । नेपाल अमेरिकी एक्सिसमा गयो । असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन ।’
नेता सिंहले अब पार्टीका सबै नेता कार्यकर्ताले नागरिकको घरघरमा पुगेर वास्तविकता बुझाउँदै कांग्रेसलाई मत दिएर जिताउन लाग्न निर्देशन दिए । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments