
एमसीसीको विरोधमा विप्लव नेतृत्वको सप्तरीमा प्रदर्शन
- फाल्गुन ७, २०७८ मा प्रकाशित
सप्तरी: विप्लव नेतृत्वको नेकपाद्वारा एमसीसीविरुद्ध सप्तरीको कठौना बजारमा शुक्रबार विरोध प्रदर्शन भएको छ ।
कठौना चौकबाट बिभिन्न नारा लगाउँदै निस्केको विरोध जुलुस एमसीसी चाहिंदैन, देश बेच्न पाईदैन, अमेरिकी साम्राज्यवाद मुर्दावाद, सीमा अतिक्रमण बन्द गर, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्ने बिभिन्न नारा लगाउँदै बजारको परिक्रमा गरि प्रदर्शन गरेका थिए ।
विरोध प्रदर्शन कार्यक्रममा सप्तरी जिल्ला सेक्रेटरी विमला खडका, सप्तरी जिल्ला जनसत्ता प्रमुख रामनाथ मण्डल, सिराहा सप्तरीका यूवा ईन्चार्ज कार्तिक, बुद्धिजिवी संगठन सप्तरी संयोजक उज्जवल, दलित मुक्ति मोर्चाका केन्द्रिय संयोजक आदर्श लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
सरकारले एससीसी सांसदमा टेबुल गर्ने प्रयास गरेको विरुद्धमा चन्द नेतृत्वको नेकपासहित ६ दलले आन्दोलन घोषणा गरेका छन् । एमसीसी सम्झौता पास गर्ने कि नगर्ने विषयमा सत्तारुढ दलहरु समेत एकमत छैन । पार्टीका जिल्ला सदस्य होकान सिंहको नेतृत्वमा एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै विरोध प्रदर्शन गरिएको हो । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments