
एमबिबिएस अध्ययनका लागि १५ लाख छात्रवृत्ति
- असार २३, २०८० मा प्रकाशित

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाभित्रका जेहेन्दार, दलित तथा अल्पसङ्ख्यक छात्रछात्रालाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
गाउँपालिकाको आव २०८०/८१ को नीति, कार्यक्रम र बजेटमा यहाँका विद्यार्थीले मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण भएको खण्डमा उक्त विद्यार्थीलाई पहिलो वर्षको पढाइ खर्चका लागि प्रत्येक वर्षमा एक जनालाई एमबिबिएस छात्रवृत्ति शिर्षकमा रु १५ लाख रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए ।
‘चिकित्साशास्त्रमा स्नातक तह (एबिबिएस) अध्ययन गर्ने विद्यार्थीलाई नीति तथा कार्यक्रमबाट बजेटको व्यवस्थापन गरेका छौँ’, अध्यक्ष चौलागाईंले भने । ‘पालिकाको दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने भएको छ ।’ एमबिवबिएस अध्ययन गर्नलाई एक वर्षको अध्ययन शुल्कमा प्रति वर्ष एक जना विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति पालिकाले उपलब्ध गर्ने अध्यक्ष चौलागाईंको भनाइ छ ।
एमबिबिएस प्रवेश परीक्षामा पास भएका तातोपानीका विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था मिलाइएको प्रमुख प्रशनसकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए । गाउँपालिकाको वडा नं ५ मा निर्माण हुने पाँच शैंया अस्पतालको निर्माण कार्यलाई छिटो सम्पन्न गरी आवश्यक चाहिने पाँच शय्या अस्पतालको स्थायी दरबन्दी तत्काल स्वीकृतिका लागिसम्बन्धी निकायमा पहल गरी सञ्चालनमा ल्याइने गाउँपालिका उपाध्यक्ष रेवती रावलले बताए ।
एमबिबिएस पढिसकेपछि कम्तीमा दुई वर्षसम्म निःशुल्क पाँच शैंयाको अस्पतालमा सेवा दिने गरेर कार्यविधि बनाउन लागि परेको गाउँपालिका अध्यक्ष चौलागाईंलेको भनाइ छ । पालिकाका प्रत्येक माध्यमिकस्तरका सामुदायिक विद्यालयमा नर्सिङ सेवा सञ्चालनका लागि नीति तथा कार्यक्रमा ल्याइएको तातोपानी गाउँपालिकाले जनाएको छ । यसअघि जिल्लाको पातारासी गाउँपालिकाले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments