
एभर्टनमाथि टोटनहमको सानदार जित
- फाल्गुन २४, २०७८ मा प्रकाशित
काठमाडौं: कप्तान ह्यारी केनको दुई गोलप्रेरित टोटनहमले सोमबार राति इङ्लिस प्रिमियर लिगको रेलिगेशनको डरमा रहेको एभर्टनमाथि ५-० को सानदार जित निकालेको छ । जितसहित टोटनहमले शीर्ष चारमा बस्ने सम्भावना बलियो पारेको छ ।
१४औँ मिनेटमा एभर्टनका माइकल किनको आत्मघाती गोलमा टोटनहमले अग्रता लियो । त्यसको तीन मिनेटपछि नै ह्युङ मिन सनले टोटनहमको अग्रता दोब्बर पारे । ३७औँ मिनेटमा केनले गरेको गोलमा एन्टोनियो कोन्टेको टोलीले पहिलो हाफमै ३-० अग्रता लिएको थियो ।
४६औं मिनेटमा सर्जियो रेग्युलियले गरेको गोलमा टोटनहम सहज जिततर्फ लम्किएको थियो । ५५औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरेसँगै कोन्टेको टोलीले सहज जितसहित शीर्ष चारको सम्भावना कायम राखेको हो ।
टोटनहम २६ खेलमा ४५ अंकसहित सातौं स्थानमा छ । जुन चौथो स्थानको आर्सनल भन्दा तीन अंक मात्र कम हो । पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडको ४७ र छैटौं स्थानको वेस्ट हमको ४५ अंक रहेको छ ।
लगातारको खराब प्रदर्शनले एभर्टनका प्रशिक्षक फ्रयांक लाम्पार्ड दबाबमा परेका छन् । २५ खेलबाट २२ अंक जोडेको एभर्टन १७औं स्थानमा छ । जुन १८औं स्थानको बनर्ली भन्दा एक र १९औं स्थानको वाट्फोर्ड भन्दा तीन अंक मात्र बढी हो ।
एभर्टनले लिगका पछिल्लो १८ खेलमा १४ खेल हारेको छ । शनिबार ओल्ड ट्राफोर्डमा युनाइटेडलाई हराउन सके कोन्टेको टोली चौथो स्थानमा उक्लिनेछ । एभर्टनले भने आइतबार गुडिसन पार्कमा उल्भरहमटनलाई आतिथ्य गर्नेछ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments