
एनपीएलमा आज पनि दुई खेल, एउटा टोली प्लेअफबाट बाहिरिने , पहिलो खेलमा पोखरा र विराटनगर आमनेसामने हुँदै
- मंसिर २७, २०८१ मा प्रकाशित

इटहरी । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (बिहीबार) कुशल भुर्तेल र सन्दीप लामिछाने आमने सामने हुँदैछन् । अंक तालिकाको पुछारमा रहेका विराटनगर किंग्स र पोखरा एभेन्जर्सले आज एनपीएलको आफ्नो पाँचौं खेल खेल्दै छन् ।
त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट खेल सुरू हुनेछ । दुवै टिमलाई प्लेअफको सम्भावना कायमै राख्न जित्नै पर्ने दबाब छ । विराटनगर र पोखराबीचको प्रतिस्पर्धाबाट एनपीएलबाट बाहिरिने अर्को टोलीको टुंगो लाग्नेछ । यसअघि बुधबार लुम्बिनी लायन्स प्लेअफ नपुग्ने निश्चित भइसकेको छ । चार खेलमा मात्र एकमा जित हात पारेको भुर्तेलको टिम पोखरा दुई अंकका साथ तालिकाको सातौं स्थानमा छ ।
सुरूआती दुई खेल हारेको पोखराले तेस्रो खेलमा आएर अंकको खाता खोलेको थियो । तर अघिल्लो खेलमा कर्णाली याक्ससँग सात विकेटले पराजित भएपछि पुन दबाबमा आएको छ । जारी प्रतियोगितामा एक खेलमा बाहेक पोखराको ब्याटिङ चलिरहेको छैन । भुर्तेल आफैं खराब फर्ममा छन् । उनले तीन खेलमा मात्र १६ रन जोडेका छन् । ओपनर देव खनालबाट पनि अपेक्षाकृत प्रदर्शन हुन सकेको छैन ।
दुई अंक नै जोडेको विराटनगर तालिकाको सबैभन्दा पुछारमा छ । विराटनगरले पनि यसअघि कर्णाली याक्ससँग नै खेलेको थियो । सो खेलमा प्रतीश जीसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिँदा कर्णाली १३३ रनमा समेटिएको थियो । तर ब्याटिङमा कमजोर हुँदा विराटनगरले १२६ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि मार्टिन गप्टिल, लोकेश बम, आकिब इलियास निकलस क्रितनको ब्याट चल्न आवश्यक छ । सन्दीपले पनि आफ्नो बलिङबाट टिमलाई सहयोग पुर्याउन सकेका छैनन् । चार खेलमा सन्दीपले मात्र एक विकेट लिएका छन् । विराटनगरले एनपीएलका बाँकी खेलका लागि नेदरल्यान्डसका कप्तान स्कट एडवार्डलाई ल्याएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २४, २०८२कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ देखि
-
ताजा बैशाख २४, २०८२भारतको पाँच वटा फाइटर जेट खसालेको पाकिस्तानको दाबी
-
ताजा बैशाख २४, २०८२पाकिस्तानमा भारतको हवाइ आक्रमणपछि अहिलेसम्म के–के भयो ?
-
ताजा बैशाख २४, २०८२पाकिस्तानमाथि भारतीय सैन्य कारबाही खेदजनक : चीन
-
ताजा बैशाख २४, २०८२धितोपत्र बोर्डले जलविद्युत आयोजनाहरुसँग कमिसन मागिरहेको माओवादीको आरोप
Comments