•  ९ चैत्र २०८१
  •  9:27:43 AM

एनपीएलमा आज दुई खेल हुँदै : तीन टीमलाई जित्नै पर्ने दबाव : पहिलो खेलमा काठमान्डु र पोखरा भिड्दै

- मंसिर २९, २०८१ मा प्रकाशित



इटहरी । नेपाल प्रिमियर लिग (एनपीएल) आज (शनिबार) दुई खेल हुँदैछन् । त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा आज बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज भिड्दै छन् । प्लेअफको सम्भावलाई जीवितै राख्न दुवै टोलीलाई आजको खेल महत्वपूर्ण छ ।

अंक तालिकामा काठमाडौं र पोखराको समान चार–चार अंक छ । तर, रन रेटका आधारमा काठमाडौं छैटौँ र पोखरा सातौँ स्थानमा छ । आज दिउँसो १ बजे हुने दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सको सामना गर्दैछ ।

तालिकाको चौथो स्थानमा रहेको चितवनलाई पनि प्लेअफ सम्भावना जीवित राख्न आजको खेल महत्वपूर्ण छ । अंक तालिकाको पहिलो स्थानमा रहेको जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ । प्लेअफको सम्भावना कायम राख्न आज जनकपुर बाहेक बाँकी तीन टिमलाई जित्नै पर्ने दबाब छ ।

Comments

सम्बन्धित खवर