
एनपिएल अपडेट : जनकपुरको अपराजित यात्रा कायमै, रोमाञ्चक खेलमा लुम्बिनीको चौंथो हार
- मंसिर २३, २०८१ मा प्रकाशित

इटहरी । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले आफ्नो अपराजित यात्रा जारी राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्समाथि एक रनको रोमाञ्चक जित निकाल्दै जनकपुरले आफ्नो अपराजित यात्रालाई कायम राखेको हो । लुम्बिनी भने लगातार चौंथो पटक पराजित भएको छ ।
जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३५ रनमात्र बनाउन सक्यो । जितका लागि अन्तिम ओभरमा ९ रन चाहिएको अवस्थामा लुम्बिनीले दुई विकेट गुमाएपछि पहिलो जित दर्ता गर्नबाट चुक्यो । साद बिन जफर शुन्य र सन्दीप जोरा १६ रनमा आउट भए ।
क्याप्टेन रोहित पौडेलले ३५ र टम मुर्सले ३१ रन बनाएपनि जित भने दिलाउन सकेनन् । लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा हर्स ठाकरले ५ विकेट लिए । आफ्नो स्पेलमा २३ रन खर्चेर हर्सले ५ विकेट झारेका हुन् । किशोर महतो, ललित राजवंशी र शेर मल्लको नाममा एकएक विकेट रह्यो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments