
एक साता भित्र झापामा दुइ हात्तीकाे मृत्यु
- असार २२, २०७९ मा प्रकाशित
काठमाडौं । झापाको अर्जुनधारामा आज बिहान एउटा हात्ती मृत फेला परेको छ।अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडामा हात्ती मृत फेला परेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
हात्ती खेतमा मृत फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो। हात्ती के कारणले मरेको भन्ने खुलिसकेको छैन। हात्तीका दाह्रा, पुच्छर, खुर लगायतका बहुमुल्य अंग सुरक्षित छ। हात्तीको शरिरमा कुनै चोट देखिएको छैन।
यो हात्ती भारतीय क्षेत्रबाट नेपाल आएको अनुमान छ। भारतीय क्षेत्रमा वर्षाका कारण डुबान हुँदा नेपालमा हात्ती आउने गर्छन्। भारतबाट नेपाल पसेका हात्तीको समूहबाटै यो हात्ती छुटेको हुन सक्ने अनुमान छ। जिल्ला वन कार्यालय, प्रहरी र पशु प्राविधिकको टोली हात्ती मृत भेटिएको क्षेत्रतर्फ गएका छन्।
यसअघि बुद्धशान्तिमा एक साताअघि हात्ती मृत फेला परेको थियो। एकपछि अर्को हात्ती मरेको फेला परे पनि यसबारे सरकारी तहबाट के कारणले हात्ती मरेको भन्ने सार्वजनिक गरिएको छैन।मानव बस्ती नजिकै हात्ती मृत भेटिनु र शरिरमा कुनै चोट नदेखिनुले करेन्ट लगाएर मारेको हुन सक्छ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रूगमबहादुर कुँवरले हात्ती मृत अवस्थामा भेटिएको जानकारी पाउन साथ प्रहरी टोली घटनास्थलतर्फ गइसकेको बताउनुभयो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments