
एक्सनमा निस्किए इटहरीका मेयर हेमकर्ण : खाेला र पैनीमाथि बनेका संरचना हटाउन निर्देशन : ४ वटा निर्माणाधिन भवनलाइ राेक्का
- मंसिर २७, २०७९ मा प्रकाशित
इटहरी । इटहरी उप-नगरपालिकाले मुख्य बजार क्षेत्रमा रहेका अवैध संरचना हटाउन सुरु गरेको छ । मुख्य बजार क्षेत्रमा संगै खोला पैनी मिचेर निर्माण गरिएको अवैध संरचना हटाउन सुरु गरेको हो ।मेयर हेमकर्ण पौडेल , उपमेयर संगिता चौधरी सहित इन्जिनियरहरु सहितको टोलिले २ वटा निर्माणधिन अवैध संरचना ७ दिन भित्र हटाउन निर्देशन दिएको हो ।
पैनी मिचेर बनाएको संरचना तत्काल हटाउन निर्देशन दिएका छौ मेयर पौडेलले भने । इटहरी ७ की आशा साह र इटहरी १० का पदम दर्नालले पैनीको जग्गामा घर बनाएको भन्दै स्थलगत निरिक्षण गरि उनीहरुले बनाउंदै गरेको घर रोकिएको हो ।इटहरीकी उपमेयर संगिता चौधरीले खोला पैनीमा बनेको संरचना तत्काल हटाउन निर्देशन दिएकी छन । वडाहरुलाई पनि निर्देशन कडाइको साथ लागु गर्न उपमेयरको निर्देशन थियो ।
इटहरीका सुदिप दाहालको पैनी माथि बनाएको संरचना पनि भत्काइएको छ । लामो समय देखि संरचना मुनि पैनी कुदिरहेको रहेछ हामीले सहमतीमै भत्काउन लगायौ इटहरी ६ का वडाध्यक्ष दिवश पोखरेलले भने । वडा भित्रको सार्वजनिक सम्पती संरक्षण अभियान सुरु भएको पोखरेलको भनाई छ ।
इटहरी उपमहानगरपालिकाले आज २० वडामा निर्माण भएको संरचना हटाउन निर्देशन जारी गरेको छ । निजी जग्गा बाहेक बाटो पैनी, खोलाको जग्गा नहडप्न र हडपेर बसेकाहरुले तत्काल छोड्न निर्देशन जारी गरेको हो । इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहेताले उपमहानगरको सुचनालाई वेवस्ता गरेको पाईएमा कार्वाही अगाडी बढ्ने चेतावनी दिएको छ ।खोला–पैनीमा अबैध संरचना बन्दा इटहरीमा सामान्य पानी पर्दा बाढी बस्ती छिर्ने र इटहरीमा जनधनको क्षति हुने गरेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments