
एकै नम्बर प्लेटको दुई बाइक भेटिएपछि खोजीमा जुट्यो ट्राफिक : एउटा भेटियो, कसरी भयो एउटै?
- असार १५, २०७९ मा प्रकाशित
काठमाडौं । बुधबार बिहान ८ बजेर २५ मिनेटतिर प्रदीपजंग क्षेत्री गौशाला चोकको ट्राफिक जाममा अड्किरहेका थिए। उनको नजर आफूभन्दा ठीक अगाडि रहेको दुई वटा पल्सर मोटरसाइकलमा पर्यो।दुवै मोटरसाइकलमा एउटै नम्बर थिए। पानी परिरहेकाले सवारी चालकले ‘रेनकोट’ लगाएका थिए। तर, मोटरसाइकलमा बागमती प्रदेश ०२ ०२२ प २३८० नम्बर थियो।
त्यसपछि उनले फोटो खिचेर मेन्स रुम रिलोडेडमा पोष्ट गरे। उक्त एउटै नम्बर प्लेट भएका दुई मोटरसाइकल एकै स्थानमा देखिएको तस्बिर यति बेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। नेटिजन्सहरुले दुईवटा बाइकको एउटै नम्बर प्लेट कसरी भयो भन्दै प्रश्न गरिरहेका छन्।
फोटो बाहिरिएपछि ट्राफिक प्रहरीलाई समेत यसले ठुलो समस्यामा पारेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी सञ्जिव शर्मा दासले अहिले ती बाइकको खोजी भइरहेको बताए।
‘एकजना समातिएका छन्। उनको बाइकमा भएको नम्बर र ब्लुबुक सबै ठिक छन्,’ उनले भने, ‘उनी काभ्रेका बासिन्दा रहेछन्। उनको बाइक रजिष्ट्रेड छ। १५० सीसीको पल्सर हो। तर, अर्को बाइक भने हालसम्म भेटिएको छैन।’प्रवक्ता दास अर्को बाइक नभेटिएसम्म आफुहरुले केही भन्न नसक्ने अवस्थामा रहेको बताउँछन्।
दुईवटा सवारीसाधनको एउटै नम्बर प्लेट भएका घटना यसअघि पनि सार्वजनिक भएका छन्। ‘यसमा यातायात व्यवस्था विभागले प्रदान गर्ने नम्बरको प्रिन्ट मिस्टेक पनि हुन सक्छ वा नक्कली नम्बर प्लेट राखिएको पनि हुन सक्छ,’ उनले भने।
ढड्डामा गएर ‘पेपर वर्क’ बाट काम गर्ने हुदाँ नेपालमा नम्बर प्लेट डबल प्रिन्ट पनि हुन सक्ने दासको भनाइ छ। यस्तो समस्या समाधानका लागि अब इम्बोस्ड नम्बर प्लेट नै समाधान हुने उनको तर्क छ।‘त्यसैले नेपाल पनि अब डिजिटल नम्बर प्लेट अर्थात इम्बोष्ड नम्बर प्लेट जडानमा जानुपर्छ। अनि मात्र यस्ता समस्यालाई तुरुन्तै ट्रायाक गर्न सकिन्छ,’ दासले भने।
यस्तै, यातायात व्यवस्था विभागले पनि यस भन्दा अगाडि पनि अपवादको रुपमा यस्तो हुने गरेको जनाएको छ। यसमा भने दुबै बाइक नसमातिएसम्म अहिले नै ‘प्रिन्ट मिस्टेक’ भएको भन्न नमिल्ने विभागको भनाइ छ। विभागले पनि डिजिटल नभएका कारण यस्तो समस्या आउने गरेको दावी गरेको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
Comments