
एउटा यस्तो मन्दिर जहाँ घरबाट भागेका प्रेमी प्रेमिकालाई शरण दिईएर राखिन्छ !
- असार ३१, २०७९ मा प्रकाशित
प्रेमी प्रेमिकाहरूले घरबाट भागेर मन्दिरमा गएर भागी बिहे गरेका घटना त थुप्रै हुन्छन् । तर छिमेकी मुलुक भारतमा एउटा यस्तो मन्दिर छ जहाँ घरबाट भागेर आएका प्रेमी प्रेमिकालाई अपनाउने मात्र होइन शरण नै दिइन्छ । भागेर आएमा प्रेम जोडीलाई त्यहाँ स्वागत गरिन्छ । प्रेम विवाह जुनसुकै रुपमा भए पनि त्यसलाई अपनाउनु पर्दछ भन्ने त्यहाँको मान्यता छ ।
भारतको हिमाचल प्रदेशस्थित कूल्लुमा पर्ने शाँगढ गाउँमा उक्त मन्दिर रहेको छ । मन्दिरको नाम शंगचूल महादेव मन्दिर हो । यो मन्दिर करिब १२८ बिघा क्षेत्रमा फैलिएको छ र निकै सुन्दर छ । यो मन्दिरमा चर्को आवाजले बोल्न पनि पाइँदैन ।
घरबाट भागेर आउने प्रेम जोडीहरू महादेवको शरणमा आएको मान्यता अनुसार त्यहाँ स्वागत गरी बस्न दिइन्छ । त्यस क्रममा जातजाति तथा समुदायगत रुपमा विभेद गरिंदैन । बसोबास मात्र नभई खानपिनको पनि बन्दोबस्त त्यहाँ हुन्छ । प्रेम जोडीको भगवान स्वयंले रक्षा गर्ने मान्यता त्यहाँको छ ।
घरबाट भागेका प्रेम जोडीको घर परिवारमा कुरा मिलेर उनीहरूको बिहेलाई स्वीकार नगरिएसम्म जोडीलाई मन्दिरमै बस्ने व्यवस्था मिलाइन्छ । कुरा मिलिसकेपछि मात्र उनीहरूको बिदाइ गरेर सँगै घर पठाइन्छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments