
ऋणीलाई मार्का पर्ने गरी राष्ट्र बैंकले ल्यायाे नयाँ नियम : अब ऋणीलाई कालोसूचीमा राख्नु अघि नै धितो लिलामी असुली गर्नुपर्ने
- मंसिर १३, २०८० मा प्रकाशित

इटहरी । बैंक तथा वित्तीय संस्थाले ऋणीलाई कालोसूचीमा समावेश गर्नुपूर्व सुरक्षणरुवरुप राखेको धितो लिलामी गरी असुली गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गरी ऋणीलाई कालोसूचीमा समावेश गर्नुपूर्व ऋणीले सुरक्षणरुवरुप राखेको धितो लिलामी असुली गर्नुपर्ने व्यवस्था गरेको हो।
‘जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपूर्व ऋणीले सुरक्षणस्वरुप राखेको धितो लिलाम गरी असुली गर्नुपर्नेछ। यस्तो सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको लेना रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानतदातालाई ९० दिनको समय प्रदान गर्नुपर्नेछ। सो सूचना अवधिपश्चात् मात्र जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ।
यसअघि जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपूर्व निजले जमानी दिएको रकम चुक्ता गर्न बैंक तथा वित्तीय संस्थाले ३५ दिनको सूचना दिने र लिखित जवाफ नपुगे सो सूचना पत्रपत्रिकामा सार्वजनिक गर्ने व्यवस्था थियो। त्यसैगरी, ब्याज पुँजीकरण गरिएको परियोजना व्यावसायिक रूपमा सञ्चालनमा आएको अवस्थामा आईसीटीएलमा रहेको सम्पूर्ण रकमलाई आईसीआरबाट घटाएर सञ्चित मुनाफा हिसाबबाट सार्न सकिने भएको छ।
कालोसूचीमा परेका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंकमा खाता खोल्न पाउने छैनन्। तर, सामाजिक सुरक्षा भत्ता एवम् पेन्सन रकम प्राप्त गर्ने प्रयोजनको लागि खाता खोल्न बाधा नपर्ने निर्देशिकामा उल्लेख छ। कालोसूचीमा नभएको कुनै कम्पनी वा फर्म अर्को कुनै कालोसूचीमा परेको फर्म वा कम्पनीसँग जे.भी.मा रहेका कारण मात्र उक्त जे.भी.को खाता सञ्चालन गर्न तथा कर्जा कारोबार गर्न बाधा नपर्ने भएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments