
ऋणमा डुब्याे बीपी प्रतिष्ठान : १ अर्ब ४१ करोड तिर्न बाकी
- भाद्र १, २०७९ मा प्रकाशित
इटहरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त रजिष्ट्रार डा.सुर्यप्रसाद संग्रौलाले श्वेतपत्र जारी गरेका छन् ।रजिष्ट्रार संग्रौलाले कुल १ अर्ब ४१ करोड रकम बराबर प्रतिष्ठान ऋणात्मक अवस्थामा रहेको जानकारी दिएका छन् ।प्रतिष्ठानले आर्थिक अवस्था नाजुक भएको कारण अस्पताल सञ्चालन, परीक्षाको कार्यक्रम र अत्यावश्यक सेवाबाहेक शिक्षक कर्मचारीले पाइराखेको सुविधासमेत स्थगित गर्नुपरेको श्वेत पत्रमा उल्लेख छ । यसैकारणले प्रतिष्ठानका बिशेषज्ञ र अनुभवी चिकित्सक एवं प्राध्यापकहरुमा निराशा उत्पन्न भई पलायन हुने अवस्था सृर्जना भएको पनि रजिष्ट्रार संगौलाले उल्लेख गरेका छन् ।
प्रतिष्ठानको पछिल्लो ४ आर्थिक बर्षको आयव्यय पनि सार्वजनिक गरेका रजिष्ट्रार संगौलाले आर्थिकरुपमा विकराल अवस्थामा पनि संस्था कसरी बाँचेको छ भनेर सम्बन्धित निकाय र सर्वसाधारणलाई जानकारी दिन श्वेतपत्र जारी गरेको जनाएका छन् । प्रतिष्ठानका अनुसार विगत २ वर्षदेखि प्रतिष्ठानको आम्दानी १ अर्बभन्दा धेरैले घटेको छ ।
आर्थिक बर्ष २०७५–७६ मा ५८ करोड ६६ लाख रुपैयाँ बचत भएकोमा आर्थिक वर्ष २०७६–७७ मा कोभिड महामारी शुरु भएपछि प्रतिष्ठानको आम्दानीलाई पनि असर गर्न थालेको थियो । उक्त आर्थिक बर्षमा प्रतिष्ठानको अवस्था २९ करोड ४३ लाख ऋणात्मक भएको थियो । अन्तरिक आय र नेपाल सरकारबाटसमेत गरि २ अर्ब १९ करोड ८५ लाख आम्दानी गरेको प्रतिष्ठानले उक्त वर्ष सञ्चालन खर्चतर्फ २ अर्ब ४९ करोड २८ लाख रुपैयाँ खर्च गरेको थियो ।
यसैगरि, आर्थिक बर्ष २०७७–७८ मा प्रतिष्ठान ९१ करोड ४३ लाख रुपैयाँ ऋणात्मक अवस्थामा पुगेको थियो । कोभिड महामारीकै कारण उक्त वर्ष आम्दानी १ अर्ब ९१ करोड ६ लाखमा खुम्चिएको थियो । सो वर्षको सञ्चालन खर्च भने २ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ पुगेको थियो ।
यस्तै, आर्थिक बर्ष २०७८–७९ मा पनि प्रतिष्ठानको आर्थिक अवस्था ४१ करोड ऋणात्मक रहेको छ । यो वर्ष कुल आम्दानी २ अर्ब ७१ करोड ४४ लाख पुगेपनि सञ्चालन खर्च वृद्धि भएर ३ अर्ब १२ करोड ४४ लाख पुगेको छ । प्रतिष्ठान स्वायत्त निकाय भएकोले तलब र भत्तासहित सञ्चालन खर्च आफैले व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
सरकारले विगतको अनुपातमा प्रतिष्ठानलाई सहयोग गर्ने बजेट क्रमशः घटाउदै जानु, सेवा विस्तारसँगै जनशक्ति थप गर्नुपर्ने र समयाअनुकुल शिक्षक, कर्मचारीहरुको तलब तथा सुविधा वृद्धि गर्नुपर्दा प्रतिष्ठानको व्ययभार बढ्दै गएको छ । शैक्षिक सत्र २०१९ देखि चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेर शैक्षिक कार्यक्रमको सिट संख्या तथा शुल्कसमेत न्युन निार्धरण गरेपछि आम्दानी घटेको प्रतिष्ठानले जनाएको छ । रजिष्ट्रार संग्रौलाले प्रतिष्ठानको वर्तमान अवस्था जटिल र चुनौतीपूर्ण बन्दै गइरहेकोले माथि उठ्न केही समय लाग्ने जनाएका छन् ।
शिक्षक र कर्मचारीहरुले इमान्दारितापुर्वक पारदर्शिताका साथ काम गर्न आवश्यक भएको रजिष्ट्रार संगौलाले औल्याएका छन् । उनले राजनीतिक दल, समाज, स्थानीय, प्रदेश र संघीय सरकार सबैबाट सकरात्मक सोच राखेर सहयोगको अपेक्षा गरेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments