
उवासंघ इटहरी : पाैडेलकाे समर्थन र दुलालकाे सहयाेगमा पराजुली निर्वाचित : नेतृत्वलाई चुनाैतीकाे चाङ
- फाल्गुन १, २०७९ मा प्रकाशित
इटहरी । उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा जीवन पराजुली निर्वाचित भएका छन् ।आइतबार राती सम्पन्न मतगणना अनुसार पराजुलीले १,१८६ मत पाएर अध्यक्ष पदमा निर्वाचित भएका हुन । त्यस्तै उनका प्रतिद्वन्दी रञ्जु शिग्देलले (चौलागाईँ) ले ८४७ मत प्राप्त गरिन् भने गायत्री कटुवाल(भण्डारी) ले ५६३ मत र मणिन्द्रकुमार कटवालले ४० मत प्राप्त गरे ।
त्यस्तै वाणिज्य तर्फ १,२८१ मत प्राप्त गर्दै सिनेट रिजाल निर्वाचित भएका छन । महिला सदस्य तर्फ सबिना कोइराला (शोभा) १,२४९ मत र मीना ढकाल ९१६ मत प्राप्त गर्दै निर्वाचित बनेकि छिन । निर्वाचित सबैलाइ अविर र खादाले लगाएर नारावाजी गरिएकाे थियाे । पराजुलीलाइ उवासंघ इटहरीका पुर्व अध्यक्ष भिम पाैडेलले पुर्ण रूपमा समर्थन गरेका थिए भने उद्याेग वाणिज्य संघ पूर्वाञ्चलका पूर्व अध्यक्ष टंक दुलालले सहयाेग जुटाएका थिए ।
नेतृत्वलाइ चुनाैतीकाे चाङ
उवासंघ निर्वाचनबाट बिजयी बनेका नयाँ नेतृत्वलाइ अबका दिनमा काम गर्न त्यति सजिलाे छैन । व्यवसायीहरूकाे समस्या सामधान तर्फ तत्पर रहने भनी प्रतिवद्धता जाहेर गरेका निर्वाचित सदस्यहरूलाइ चुनाैतीकाे चाङ देखिएकाे छ ।
इटहरीमा घरबहाल कर , बैंक व्याजदर , आय कर, पार्किङ समस्या व्यवसायीहरूकाे मुख्य समस्या बनेका छन । व्यवसायीहरूले माथिका पार्किङ मध्ये तिव वटा समस्या बिगत १५ वर्ष देखि भाेग्दै आएका छन ।
अहिले निर्वाचित भएर आएका नेतृत्वलाइ माथिका समस्या मुख्य चुनाैती बनिने छ । पहिले संघलाइ राजनीतिकरणबाट बाहिर ल्याइ व्यवसायीहरूकाे साझा संस्था बनाउन अबकाे नेतृत्वलाइ थप चुनाैती बन्ने देखिएकाे छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments