
उर्लावारीमा अलकत्रा उद्योगको असरले पशुचौपाया मरेको भन्दै तोडफोड
- चैत्र १९, २०७९ मा प्रकाशित

उर्लावारी । मोरङको उर्लाबारी ३ चन्दनेमा सञ्चालमा आएको मिक्लाजुङ इन्भेस्टमेन्ट कम्पनी प्रालिले समुदायलाई असर पर्नेगरी अलकत्रा पगाल्न थालेपछि बिरोध शुरु भएको छ।
समुदायबाट करिव ३ किलोमिटर टाढा रहनुपर्ने प्रावधान रहेपनि उद्योगले उक्त नियम पालना नगर्दा पशुचौपायाको मृत्यु भएको हो। उद्योग सञ्चालनका कारण समुदाय, खोला र विद्यालय नजिकै अलकत्र पगाल्ने मेसिनले स्थानीयको स्वास्थमा पनि गम्भीर असर देखापरेको स्थानीयहरू बताउँछन्।
मापदण्डविपरीत समुदायको बीचमा अलकत्र पगाल्न थालेपछि स्थानीयहरू आक्रोशित भएका छन्। गाँउघरमा भएका पशुचौपाय मर्ने र बाललबालिकाको स्वास्थमा असर पर्न थालेपछि स्थानीयले उद्योगमा तोडफोडसमेत गरेका छन्।
उद्योग तोडफोडको आरोपमा इलाका प्रहरी कार्यलय उर्लावारीले स्थानीय ४ जना युवालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएका अर्जुन श्रेष्ठ र गोपाल देउजालाई प्रहरीले छोडेपनि मनोज लिम्बू र सन्तोष लिम्बू भने ईलाका प्रहरी कार्यलय उर्लावारीको नियन्त्रणमा छन्।
यता उद्योग रेखदेख गर्दै आएका इन्चार्ज जग्गनाथ रेग्मीले भने स्थानीयको स्वास्थ्यमा असर नपर्नेगरी उद्योग सञ्चालन गरेको दाबी गरे। तर पनि स्थानीय युवा आएर तोडफोड गरेको उनको भनाइ छ।तर उद्योग समुदायबाट ३ किलोमिटर टाढै हुनुपर्ने मापदण्ड भए पनि त्यो कार्यान्वयन नभएको पाइएको छ।
पटकपटक विरोध गर्दै उद्योग सञ्चालनमा रोक लगाए पनि निर्माण पक्षले बेवास्ता गर्दै आएको छ। स्थानीय, जनप्रतिनिधि र निमार्ण पक्षबीच समुदायलाई असर गर्नेगरी उद्योग सञ्चालन नगर्ने सहमति भएपनि सहमति कार्यान्वयन हुन सकेको छैन।
उद्योगबाट निस्कने धुँवाले गाँउमा रहेका मानिस मात्रै नभई जनावरलाई समेत असर परेको गुनासो स्थानीयको छ। स्थानीयहरू फर्ममा पालेका कुखुरा खसी मर्ने र स्कुले बालबालीकाको आँखा सुन्निने तथा खोकी लाग्ने जस्ता समस्या देखापरेको बताउँछन्।
उद्योगको अध्ययन गरेर मापदण्डविपरीत सञ्चालनमा आएका र मानव स्वास्थमा असर पर्ने कुनैपनि उद्योग सञ्चालनमा रोक लागउने उर्लावारी नगरपालीका वडा नं. ३ का वडाध्यक्ष भीष्म बुढाथोकीले बताएका छन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments