
उपाधि जितेको ३ वर्षमा पनि मनाङले पाएन पुरस्कार : धरान फुटबल क्लबलाइ कार्वाहिकाे माग गर्दै उजुरी
- पुष १०, २०७९ मा प्रकाशित
इटहरी । मनाङ मर्स्याङ्दी क्लब (काठमाडौँ) ले २२औं आहा रारा पोखरा गोल्डकप २०२३ मा धरान फुटबल क्लबलाई सहभागी हुनबाट रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा) सँग अनुरोध गरेको छ। सहारा क्लब पोखराले यही पुस १४ देखि २३ सम्म २२औं आहा रारा पोखरा गोल्डकप प्रतियोगिता आयोजना गर्दै छ भने त्यसमा धरान फुटबल क्लब पनि सहभागी हुँदै छ।
तर आफूले झन्डै ३ वर्षअघि जितेको २२औं बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि रकम ७ लाख रुपैयाँ आयोजक धरान फुटबल क्लबले अहिलेसम्म नदिएकाले उसलाई प्रतियोगितामा सहभागी हुन नदिन मनाङ मर्स्याङ्दी क्लबले एन्फालाई पत्र पठाई आग्रह गरेको हो।
‘धरान फुटबल क्लबद्वारा मिति २०७६।११।१० देखि २०७६।११।१७ गते सम्म आयोजित २२औं बुढासुब्बा टुबोर्ग गोल्डकपअन्तर्गत यस मनाङ मर्स्याङदी क्लब, काठमाडौंद्वारा २२औं संस्करणको विजेता भएको तर आजको मितिसम्म पनि उपाधि रकम रु. ७,००,००० (अक्षरुपी रु. सात लाख मात्र) प्राप्त नभएको जानकारी गराउँदै सहारा क्लब पोखराद्वारा २०७९।९।१४ देखि २०७९ । ९ । २३ सम्म आयोजना हुने २२औं आहा रारा पोखरा गोल्डकप २०२३ मा धरान फुटबल क्लब सहभागी हुने भएको हुँदा अखिल नेपाल फुटबल संघद्वारा मान्यता प्राप्त फुटबल प्रतियोगितामा पुरस्कार रकम वितरण नभई सहभागी हुन नपाउने व्यवस्था मिलाई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु’, मनाङ मर्स्याङ्दी क्लबको पत्रमा भनिएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments