
उदयुपरका पहाडी क्षेत्रहरूमा नियमित हाट बजार लगाउन सुरू
- बैशाख ३, २०८० मा प्रकाशित

उदयपुर । उदयपुर जिल्लाको पहाडी भेगमा रहेको दुई स्थानमा हाटबजार सुरु गरिएको छ । नयाँ वर्षको अवसर पारेर जिल्लाको लिम्चुङबुङ र रौतामाई गाउँपालिकाले हाटबजार सुरु गरेका हुन् ।
लिम्चुङबुङको केन्द्र बाराहाको कटुवाल भञ्ज्याङस्थित राइचोकमा शुक्रबारदेखि पाँच दिने हाटबजार सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताउनुभयो ।
“गाउँपालिकालाई समृद्ध बनाउन स्थानीय कृषकले उत्पादन गरेको उत्पादनलाई बजारीकरण गर्न हाटबजारको आयोजना गरेका हौँ”, अध्यक्ष राईले भन्नुभयो, “यहाँको अर्गानिक उत्पादन जिल्ला सदरमुकाम गाईघाटसम्म माग बढ्दो छ ।” हाटबजारमा आलु, काउली, केरा, खुर्सानी, सागलगायतका उत्पादनको किनबेच भइरहेको हाटबजार व्यवस्थापन समितिका संयोजक कर्णशेर राईले बताउनुभयो ।
त्यसैगरी अर्को पहाडी भूभागमा पर्ने माझ खर्कमा पनि शुक्रबारदेखि हाटबजार सुरु भएको छ । रौतामाई गाउँपालिका–१ मा पर्ने माझ खर्कमा द्वन्द्वकालपछि पहिलो पटक नयाँ वर्षको अवसर पारेर हाटबजार लगाउन सुरु गरिएको हो ।
जिल्लाको पहाडी भूभागको मध्यभागमा पर्ने माझ खर्कमा द्वन्द्व सुरुभएपछि त्यहाँको हाटबजार बन्द भएको थियो । शुक्रबारदेखि हरेक महिनाको १ र १५ गते नियमित हाटबजार लाग्ने गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले बताउनुभयो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments