
उदयपुर–१ मा रोकिएको मतगणना सुरु, साँझसम्म नतिजा आउने आकलन
- मंसिर १३, २०७९ मा प्रकाशित
उदयपुर । उदयपुर क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ। निर्वाचन आयोगले स्थगित भएको मतगणनालाई निरन्तरता दिन निर्देशन दिएपछि मंगलबार बिहानबाट मतगणना सुरु भएको हो। मतगणनापूर्व भएको सहमतिका आधारमा गणनालाई निरन्तरता दिन आयोगले मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन दिएको थियो।
निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले १६ वटा मतपेटिका गन्न बाँकी रहेको जानकारी दिए। उनका अनुसार आजै साँझसम्म मतगणना सकिने आकलन गरिएको छ।
उदयपुर–१ मा आइतबार बिहान साढे १० बजेदेखि मतगणना रोकिएको थियो। उदयपुर–१ परराष्ट्रमन्त्री समेत रहेका डा. नारायण खड्काको क्षेत्र हो। यहाँ उनलाई नेकपा एमालेकी मञ्जु चौधरीले चुनौती दिएकी छन्। मतगणना रोकिँदासम्म त्यहाँ २१ हजार ८३३ मतसहित खड्का अगाडि छन्। दोस्रोमा रहेकी चौधरीले २० हजार १२० मत ल्याएकी छन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments