
उदयपुर हत्याकाण्ड : आरोपी सार्वजनिक
- भाद्र २०, २०७९ मा प्रकाशित
उदयपुर । उदयपुरमा एकै परिवारका तीनजनाको विभत्स हत्या गरेको आरोपमा पक्राउ परेका नरबहादुर बस्नेतलाई सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गेरर बेलका नगरपालिका–७ गोवाटार मैनामैनीमा ४३ वर्षीय बस्नेतलाई सार्वजनिक गरेको हो ।
शुक्रबार स्थानीय वालिङ खोलामा बाबु आमा र छोराको हत्या गरेका थिए । ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको शव विभत्स ढंगले उनले हत्या गरेका थिए ।
तीनैजनामाथि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको उदयपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका नरबहादुरले राजकुमारसहित श्रीमती र छोरालाई खोलाको धान खेतनजिक खुकुरी प्रहार गरी हत्या गरेका थिए ।
बिहान साढे ११ बजे भएको घटना एकान्त ठाउँमा भएकाले दिउँसो ३ बजे मात्र जानकारी पाएको उदयपुर प्रहरी प्रमुख एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।हत्या आरोपी बस्नेतलाई जिल्ला अदालत उदयपुरबाट ७ दिनको म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments