
उदयपुरमा १४ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा अहेव यादव पक्राउ
- माघ २५, २०७९ मा प्रकाशित
उदयपुर / उदयपुरमा एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक अहेव पक्राउ परेको छ । खोटाङकी अन्दाजी १४ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला अस्पताल उदयपुरमा कार्यरत २६ वर्षिय अहेव राजीव कुमार यादव पक्राउ परेको छ ।
जिल्ला सिरहा सुखीपुरनगरपालिका १ घर भई त्रियुगा नगरपालिका १२ दुर्गा टोलमा बस्दै आएका अहेव यादव शनिबार पक्राउ परेर म्याद थप गरेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी राकेश कुमार पोदारले जानकारी दिए ।
२०७९ माघ २ गते दिउँसो त्रियुगा नगरपालिका ११ गाईघाट न्यूक्रिस होटल एण्ड लजमा जबरजस्ती करणी गरेको आरोपमा अहेव यादव पक्राउ परेको प्रहरीले जनाएको छ । उदयपुरमा डेरा गरि कक्षा ८ मा बढ्दै गरेकी बालिकालाई ललाई फकाई होटलमा लगि जबरजस्ती करणी गरेको छ । बालिका अहिले सेफ हाउसमा राखिएको छ र बालिकाको आफन्तको जिम्मा लगाउने प्रक्रियामा रहेको डिएपी पोदारले बताए ।
यस्तै अहेव यादव सहित त्रियुगा नगरपालिका ३ पुल चौक बस्ने ४८ वर्षकी तिर्थमाया तामाङ, खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ घर भई हाल त्रियुगा नपा ११ मा कोठा भाडामा बस्ने वर्ष १९ की करुणा सुन्या भन्ने सूचना राई पनि घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेको छ । घटनामा चार जना संलग्न रहेको पनि एक जना फरार रहेको प्रहरी स्रोतले जानकारी दिइएको छ । प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको अहेव जिल्ला अस्पताल उदयपुरमा कार्यरत रहेको अस्पतालले पुष्टी गरेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments