
इलाम अस्पताल : बाहिर चिटिक्क ,भित्र भद्रगाेल
- आश्विन १६, २०८० मा प्रकाशित

इलाम । व्यवस्था फेरिएसंगै इलाम अस्पतालको अवस्था फेरिने धेरैको अपेक्षा थियो । तर, इलाम अस्पतालको अवस्था नफेरिँँदा त्यस क्षेत्रका नागरिक स्वास्थ्य उपचारका लागि जिल्ला छाड्न बाध्य छन् ।
इलाम जिल्ला अस्पतालको भवनको बाहिरी बनावट देख्दा यो अस्पतालमा निक्कै गुणस्तरीय सेवा पाइएला भन्ने जो कोहीलाई लाग्न सक्छ । तर, अस्पतालमा दक्ष जनशक्ति, अस्पतालमा प्रयोग हुने उपकरण नहुँदा सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाह हुन नसकेको हो । यो अस्पतालमा बिरामीको चाप उच्च छ । भाइरल ज्वरो र सामान्य रुघाखोकीका बिरामी समेत रेफर गरेर तराईका अस्पतालमा लानुपर्ने बाध्यता रहेको छ ।
झापाका महंगा अस्पताल र बिराटनगर एवम् काठमाडौसम्म विरामीलाई लैजानुपर्ने हुन्छ । अस्पतालमा पर्याप्त मात्रामा बेड नहुँदा इमरजेन्सीमा आएका बिरामीलाई समेत बेड अभावमा भुईँमै राखेर उपचार गरिँदै आएको छ । बिरामीको चाप बढ्दा बेडको अभाव एकातिर छ भने अर्कोतर्फ इमरजेन्सी वार्डमा ३/४ जना स्वास्थ्यकर्मीले उपचार सेवा दिनुपर्ने बाध्यता छ ।
इमरजेन्सीमा आठ/नौ वटा मात्र बेड छन् । तर, दैनिक ७०/८० जना बिरामीहरु इमरजेन्सीमा भर्ना हुँदा बेड अभावले भुइँमै राखेर उपचार गर्न बाध्य भइरहेको इमरेजेन्सी शाखाका इञ्चार्ज टीका लुइँटेलको भनाइ छ ।
अस्पतालमा जनशक्तिको अभाव यो पहिलोपटक होइन । यहाँ शुरुदेखि नै जनशक्तिको अभाव छ । बिरामीको चाप बढ्दा पनि सीमित जनशक्तिले नै सेवा प्रवाह गरिरहनु परेको छ । जनशक्ति अभावकै कारण बिरामीले समयमा उपचार पाउन नसकेको गुनासो गरिरहेका छन् । अस्पतालमा डेंगूका मात्रै दैनिक ५०/६० जना बिरामीहरु भेटिने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेट डाक्टर प्रभु साहको भनाइ छ ।
बिरामीले स्वास्थ्य सेवा लिन घण्टौ लाइनमा बस्नुपर्ने बाध्यता छ । यस अस्पतालमा नौजना विशेषज्ञसहित १६ डाक्टरको दरबन्दी रहेकोमा हाल एक जना मात्र विशेषज्ञ डाक्टर दरबन्दीमा कार्यरत छन् । बाँकी करार र छात्रवृत्तिका डाक्टरले काम गरिरहेका छन् । अस्पतालको ओपीडीमा पनि दैनिक ३/४ सय जनासम्म बिरामी आउने गरेका छन् ।
अस्पतालमा बिरामीको चाप बढी रहेपछि उपचार गर्न आउनेलाई स्वास्थ्यकर्मीले २४सै घण्टा खटेर सेवा प्रबाह गरिरहेका छन् । जटिल अवस्थाका बिरामी बाहेक अन्य बिरामीलाई जिल्ला बाहिरका अस्पतालमा रेफर भने अस्पतालले नगरेको जनाएको छ । तर, स्क्रब टाइफस लगायतका बिरामीको उपचार इलाममा सम्भव छैन ।
जिल्लाका राजनीतिक दल र नेताले हरेक चुनावमा मुख्य चुनावी एजेण्डा नै इलाम अस्पतालको सेवा बिस्तार भनेर गर्ने गरेका छन् । तर, चुनाव धेरैपटक भयो यहाँको अवस्था सुधार भएन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments