
इलाममा लोपोन्मुख रेडपाण्डा हराउन थाले : संरक्षणका लागि पहल सुरु
- फाल्गुन २१, २०८१ मा प्रकाशित

इलाम । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल सुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास केन्द्रको सरकारी जमिनमा वृक्षारोपण तथा तारबार गरी संरक्षणको पहल सुरु गरिएको हो ।
कृषि मन्त्रालयका नाममा रहेको उक्त आठ हजार चार सय २४ रोपनीमध्ये अधिकांश जग्गा प्रयोगबिहीन छ । सोही जमिनको सदुपयोग गरी जैविकमार्ग विकास गर्न लागिएको जनाइएको छ । वन तथा वातावरण मन्त्रालयद्वारा गठित प्राविधिक टोलीले यस विषयमा अध्ययन तथा अनुगमन समेत गरेको छ । टोलीले स्थानीय तथा सो क्षेत्रका जनप्रतिनिधिसँग छलफल समेत गरेको जनाइएको छ ।
रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कले यसअघि पनि सोही ठाउँमा आठ सय रोपनी जमिन खरिद गरिसकेको छ । उक्त जग्गामा वृक्षारोपण समेत भइसकेको जनाइएको छ । रेडपाण्डा संरक्षण गर्न जैविकमार्ग विस्तारमा लागि जग्गा अपुग भएपछि कृषि मन्त्रालयअन्तर्गतको उक्त जमिन वन तथा वातावरण मन्त्रालय मातहतमा ल्याएर काम अगाडि बढाउन लागिएको हो ।
उच्च पहाडी क्षेत्रमा पर्ने जौबारी, मेघमा, तुम्लिङ्गलगायतमा वृक्षारोपण गरी वन्यजन्तु आवतजावत गर्ने जैविकमार्ग बनाउन पहल थालिएको वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक एवम् प्राविधिक टोलीका संयोजक धनञ्जय लामिछानेले बताए । उनका अनुसार पहिलो चरणमा जमिन उपयुक्त छ या छैन भन्ने विषयमा काम गरिनेछ ।
सो क्षेत्रमा हाल गाइपालन भइरहेको छ । चरन क्षेत्रका रूपमा रहेको जमिनलाई संरक्षण गर्न र हरियाली बनाउन काम थालिएको हो । सो क्षेत्रमा वृक्षरोपण गरी रोजगारी सिर्जना समेत गर्ने उद्देश्य रहेको रेडपाण्डा नेटवर्कका कार्यकारी निर्देशक आङ्फुरी शेर्पाले बताए । रेडपाण्डाको आहारका लागि आवश्यक बिरुवा रोपण गरी जैविकमार्ग बनाउने काम नेटवर्कसँगको सहकार्यमा काम भइरहेको दीपज्योजी युवा क्लबका कार्यक्रम संयोजक राम रिमालले बताए ।
उक्त क्षेत्र नेपाल–भारत सीमामा पर्छ । भारततर्फ घना जङ्गल भए पनि नेपालतर्फ उजाड चौर छ । जसका कारण वन्यजन्तु आवतजावतमा समस्या भइरहेको छ । नेपालतर्फ बोटबिरुवा लगाएर हरियाली बनाउन सकेमा नेपाल र भारत लोपोन्मुख रेडपाण्डालगायतका वन्यजन्तु आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ । भारततर्फको भू–भाग सिंह लिला नेशनल पार्क संरक्षित क्षेत्रका रुपमा छ । रेडपाण्डा इलामसहित ताप्लेजुङ, पाँचथरलगायत नेपालका १३ जिल्लामा पाइन्छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments