
इलाममा गुन्द्रुककाे ब्राण्डिङ शुरू : उद्याेग स्थापनाकाे तयारी
- फाल्गुन १२, २०७९ मा प्रकाशित
इलाम । इलामको रोङ गाउँपालिकाले साग अमिल्याएर बनाइने तरकारीजन्य परिकार विदेशमा समेत ‘विशेष नेपाली परिकार’ को पहिचान पाएको गुन्द्रुकको ब्राण्डिङ (स्तरीकरण) गर्न शुरु गरेको छ । रोङ गाउँपालिकाले आफ्नो पहिचानको रुपमा स्थापित गर्ने गरी गाउँघरमा उत्पादन भएको रायोको सागबाट व्यवसायिक रुपमा गुन्द्रुकको ब्राण्डिङ (स्तरीकरण) शुरु गरेको हो ।
गाउँपालिकाले छ वटै वडामा किसानले उत्पादन गरेको सागलाई कृषि सहकारीमार्फत संकलन गरी उच्च स्तरीय प्रविधिबाट प्रशोधन र प्याकेजिङ गरी देशका बिभिन्न स्थानमा बिक्री गरिने गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए । गुन्द्रुक तयार गरी आम्दानी गर्ने योजनाका साथ गाउँपालिकाले काम शुरु गरेको अध्यक्ष स्याङ्बो बताए । उनका अनुसार उत्पादन भएको गुन्द्रुकलाई गाउँपालिकाले ब्राण्डिङ गर्ने काम अन्तिम चरणमा पु¥याएको छ ।
स्थानीय देवान छाप साना किसान कृषि सहकारीको साना किसान कृषि प्रशोधन उद्योगमार्फत गुन्द्रुकको उत्पादन, ब्राण्डिङ, प्याकेजिङ एवम् बजारीकरण गरिने छ । रोङमा उत्पादन भएको गुन्द्रुक अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्ने गरीको हुने खाद्य प्राविधिक दीक्षा भट्टराईले जानकारी दिइन् । उनका अनुसार यस वर्ष एक हजार किलो गुन्द्रुक उत्पादन गर्ने लक्ष्य गाउँपालिकाको रहेको छ ।
चालू आर्थिक वर्षमा नै सहकारीको जग्गामा उद्योग स्थापना गर्ने तयारी भएको छ । अहिलेसम्म ब्राण्डको नाम तयार नभए पनि गुन्द्रुक, सिन्कीको प्याकेट, डिजाइन र ब्रान्ड नाम राखेर बजारमा ल्याइने अध्यक्ष स्याङ्बोले जानकारी दिए । उनले भने– ‘राष्ट्रिय सम्मान बोकेको गुन्द्रुकलाई प्रवद्र्धन गर्नका लागि अगाडि केही थपेर बजारमा ल्याउने तयारी हो, तर के थप्ने भन्ने निर्णय भइसकेको छैन् ।’
यस अघिका स्थानीय सरकारले गुन्द्रुकको उत्पादन र बजारीकरणमा चासो दिएको थिएन । सरकारी निकायको ध्यान नपुग्दा किसानले उत्पादन गरेको गुन्द्रुक त्यसै खेर गइरहेको अवस्थामा रोङ गाउँपालिकाले स्थानीयको जीवन स्तरमा सुधार ल्याउनका लागि गुन्द्रुकको ब्राण्डिङ शुरु गरेको उपाध्यक्ष बिष्णुमाया भुजेलले बताइन् । उपाध्यक्ष भुजेलले भनिन्– ‘गुन्द्रुकको जति माग छ, त्यस अनुसार बजार धान्न धौ–धौ छ, त्यसैले उत्पादनमा जोड दिनुपर्छ ।’ उनले गुन्द्रुकको उत्पादन र बिक्री–बितरणले रोङको मात्र नभई देशकै अर्थतन्त्रमा प्रभाव पार्ने बताइन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र दाहालले व्यवसायिक रुपमा गुन्द्रुकको उत्पादन र बजारीकरणले पालिकामा आर्थिक समृद्धि र रोजगारीको अवसर बढ्ने बताए । उ
नले पालिकाले रणनीतिक रुपमा योजना बनाएर गुन्द्रुकको बान्डिङ शुरु गरेको बताए । ‘प्रत्येक किसानले उत्पादन गरेको सागलाई संकलन गरी प्रशोधनबाट आवश्यक लेबलिङ गर्ने गरी कार्यक्रम शुरु गरिएको छ’– प्रमुख प्रशासकीय अधिकृत दाहालले भने । उत्पादित ताजा साग बजारमा बिक्री गर्ने योजना पनि गाउँपालिकाको छ । पालिकाले किसानलाई गुद्रुकमा प्रतिकिलोग्राम ८० रुपैयाँका दरले अनुदान दिने निर्णय गरिसकेको छ ।

गाउँपालिकाले गुन्द्रुक–सिन्कीको प्रवद्र्धनका लागि आवश्यक प्रक्रिया अघि बढाउँदै पालिकाका अगुवा किसानलाई प्रदेश, पालिका र स्थानीय सहकारीको साझेदारीमा कार्यक्रम सञ्चालन गरेको छ । पालिकाले स्टलमार्फत उत्पादित बस्तु बिक्री गर्ने योजना बनाएको छ । पालिकाले चालू आर्थिक वर्षभित्रमै खाद्य अनुमति–पत्र लिने लक्ष्य राखेको छ । शुरुवाती तीन महिनाका लागि गुन्द्रुक–सिन्की लेबलिङका लागि खाद्य प्राविधिक समेत नियुक्त गरिसकेको छ । तत्काललाई देवान छाप साना किसान कृषि सहकारीले प्रशोधनको काम गर्ने भएको छ । जसका लागि गाउँपालिकालाई स्वीस सरकारले ३४ लाख ४५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । त्यसमा थप रकममध्ये पालिकाले १७ लाख ६० हजार र सहकारीले १५ लाख ८० हजार रुपैयाँ लगानी गर्नेछन् ।
अध्यक्ष स्याङ्बोले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाले गुन्द्रुक प्रवद्र्धनका लागि ब्राण्डिङ र प्याकेजिङ गर्न ३ लाख, बीऊका लागि २ लाख, प्रतिकिलो अनुदानका लागि ३ लाख र गुन्द्रुक उत्पादनमा प्रतिस्पर्धा गरी उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्न २ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । पालिकाले बजारीकरणको काम समेत गर्ने भएको छ, जसका लागि स्वदेशी र बिदेशी संस्थासंग सहकार्य गर्ने काम शुरु भएको पालिका अध्यक्ष ले बताए । उनका अनुसार गुन्द्रुक उत्पादनपछि पालिकाको आर्थिक स्रोतमा टेवा पुग्नुका साथै रोजगारी सिर्जना हुने र कच्चा पदार्थ, जमिन र श्रमशक्ति पर्याप्त रहेको ६ वडामा प्रत्यक्ष ४ सय र अप्रत्यक्ष करिब ७ सय बढीले रोजगारी पाउने उनको आँकलन रहेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments