
इथियोपियामा भीषण पहिरो, अहिलेसम्म २२९ शव निकालियो
- श्रावण ९, २०८१ मा प्रकाशित

एजेन्सी । इथियोपियाको गोफाको पहाडी क्षेत्रमा भारी वर्षापछि आइतबार साँझ र सोमबार बिहान गएको पहिरोमा परी २२९ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार दक्षिणी इथियोपियामा गएका दुईवटा पहिरोमा परी मृत्यु भएकामध्ये अहिलेसम्म २२९ जनाको शव उद्धार टोलीले निकालेको स्थानीय अधिकारीले बताएका छन्।
गोफा क्षेत्रका प्रशासक डग्मावी आयलेले मृतकमा वयस्क र बालबालिका दुवै रहेको बताएका छन्। बाँचेका १० जनाको अस्पतालमा उपचार भइरहेको छ।आइतबार भारी वर्षाका कारण पहिरो गएको डग्मावीले बताए। सोमबार प्रहरी अधिकारी र आसपासका मानिसहरू खोजी तथा उद्धारमा जुटेका बेला दोस्रोपटक पहिरो खसेपछि उनीहरू पुरिएका थिए।‘हामी अझै खन्ने क्रममा छौँ’, उनले भने।
गोफा प्रकोप व्यवस्थापनका प्रमुख मार्कोस मोलासेले अहिलेसम्म २२९ शव निकालिएको बताए।स्थानीय प्रशासनले बाँचेकाहरूको खोजी तीव्र गतिमा भइरहेको तर मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ।फुटेजमा सयौँ मानिस घटनास्थलमा जम्मा भई तल फसेका मानिसको खोजीमा माटो खनिरहेको देखिन्छ। गोफा दक्षिणी इथियोपिया राज्यको हिस्सा हो। यो राजधानी अदिस अबाबाबाट ३२० किलोमिटर दक्षिण-पश्चिममा छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments