
इटहरी ८ नं वडा कार्यालयकाे भवन उदघाटन : अब घर घरमा सामाजिक भत्ता
- पुष १९, २०७९ मा प्रकाशित
इटहरी / सुनसरीकाे इटहरी उपमहानगर ८ नं वडा कार्यालयकाे मंगलबार समुदघाटन गरिएकाे छ । उपमहानगरका मेयर हेमकर्ण पाैडेलले साे कार्यालयकाे उदघाटन गरेका हुन । समुदघाटन कार्यक्रममा बाेल्दै प्रमुख पाैडेलले इटहरीमा अब बिकाशकाे मुल फुटिसकेकाे बताए । जनताकाे भावना अनुसार निर्वाचित जनप्रतिनिधीहरूले काम गर्नुपर्नेमा जाेड दिदै नगर प्रमुख पाैडेलले वडा कार्यालय निर्माण गर्नकालागि जग्गा दिने जग्गादाताहरूलाइ बिशेष धन्यवाद प्रदान गरेका थिए ।
इटहरी ८ गैसारमा शिलालेख अनवरण र रिवन काटेर वडा कार्यलयकाे उद्घाटन गरीएकाे थियाे । वडा भवन निर्माणका लागि १ कठ्ठा ४ घुर जग्गा स्थानीय सविता कुमारी चाैधरीले प्रदान गरेकी हुन् । आफ्नाे स्वर्गीय पती सुशील कुमार चाैधरी र स्वर्गीय छाेरा चेवन चाैधरीकाे नाममा प्रदान गरेकि हुन् ।८६ लाख ३४ हजार४४४ रूपैयाकाे लागतमा बनेकाे उक्त २ तले वडा भवनमा १२ वटा काेठाहरु रहेकाे वडाअध्यक्ष राेहित चाैधरीले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा बाेल्दै वडा अध्यक्ष चाैधरीले आउदाे माघ महिनाबाट नयाँ वडा कार्यलयबाट सेवा दिने बताए ।उक्त कार्यक्रममा बाेल्दै वडा अध्यक्ष चाैधरीले ३ वटा प्रतिवद्दता जनाएका छन् । आगामी दिनमा वडाबासीकाे सहजताकाे निम्ति वडाले ज्येष्ठ नागरीकलाई घरमै सामाजिक सुरक्षा भत्ता पुर्याउने , अशक्त तथा फरक क्षमता भएका ब्यक्तिहरुका लागि पनि घरमै समाजिक सुरक्षा भत्ता पुर्याउने र जन्म दर्ता र मृत्यु दर्ताकाे निम्ति घरमै सुविधा दिन वडाबाट कर्मचारी खटाउने प्रतिवद्दता जनाएका हुन् ।
कार्यक्रममा ईलाका प्रहरी कार्यलय इटहरीका डिएसपी खड्ग बहादुर खड्का, कार्यपालीका सदस्यहरु तथा विभिन्न टाेलका प्रतिनिधीहरु तथा वडाबासीहरुकाे उपस्थिती रहेकाे थियाे ।यस्तै साे कार्यक्रमकाे अवसर पारेर इटहरी ८ नं वडाका ७५ बर्ष भन्दा माथिका १५० जना ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको छ । कार्यक्रमा जग्गा दाता र ज्येष्ठ नागरीकहरुलाई सम्मान समेत गरीएको छ । चिसोबाट बच्नकाे निम्ती वडा कार्यालयले कम्बल वितरण गरेको वडाअध्यक्ष चौधरीले जानकारी दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments