
इटहरी १९ का कांग्रेस उम्मेदवार चौधरीको चुनावी प्रतिबद्धता: गरीबलाई निःशुल्क शिक्षा
- बैशाख २६, २०७९ मा प्रकाशित
इटहरीः इटहरी उपमहानगरपालिका वडा नं. १९ मा दुर्गाप्रसाद पौडेल पुनः वडाध्यक्षको चुनावी प्रतिष्पर्धामा छन् ।
यसपटक इटहरी १९ मा रोचक प्रतिष्पर्धा हुने भएको छ । नेपाली कांग्रेसबाट वडाध्यक्षमा पुनः पौडेल नै वडाध्यक्षको उम्मेदवार छन् भने नेकपा एमालेबाट यसअघिका वडाध्यक्ष समेत रहेका श्रीनारायण चौधरी चुनावी मैदानमा छन् ।
०७४ को स्थानीय निर्वाचनमा चौधरीसँग ४ मतले पराजित भएका पौडेल यसपटक चुनाव जित्ने रणनीतिमा छन् । विभिन्न सामाजिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका पौडेल इटहरी १९ का लोकप्रिय नेताका रूपमा चिनिन्छन् ।
उनले यसअघि नेकपा एमालेको घोषणापत्रमा उल्लेख भएमध्येका ३० प्रतिशत पनि काम नभएको आरोप लगाउँदै यसपटक आफूले चुनाव जित्ने दाबी गरे ।
उनले आफूले चुनाव जितेको अवस्थामा यहाँका गरिब, विपन्न, पीडित र सर्वहारा नागरिकका लागि निःशुल्क अध्यापन गराउने प्रतिवद्वता व्यक्त गरे ।
इटहरी १९ भित्री गाउँ भएकै कारण सबै ठाउँमा बाटो नबनेकाले पनि समस्या निम्तिरहेको समयमा आफूले सडक कालोपत्रेदेखि खानेपानी समस्यालाई निरुपण दिने उनको दाबी छ ।
उनले इटहरी १९ मा बाढीको समस्या रहेकाले शेरा खोलाको तटबन्धनका निम्ति विशेष पहल गर्ने बताए । उनले भवानीपुर सिमसार पार्कदेखि देवीथानसम्म पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने प्रतिवद्वता व्यक्त गरे । पौडेलको प्यानलमा खुल्ला सदस्यमा दीपक पुरी, रञ्जित कार्की, महिला वडा सदस्यमा नौमति राई र दलित महिला सदस्यमा कमला दर्जी चुनावी मैदानमा छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments