
इटहरी १८ को मतपेटिकाबाट चार ओटा मतपत्र हरायो, मतगणना स्थगित
- जेष्ठ ३, २०७९ मा प्रकाशित
इटहरी: सुनसरीको इटहरी उपमहानगरपालिकामा स्थानीय तह सदस्य निर्वाचनको मतगणनाका क्रममा १८ नम्बर वडाको चार ओटा मतपत्र हराएको छ । सो वडामा कुल दुई हजार ६ सय ५५ मत खसेकोमा चार ओटा मतपत्र हराएपछि गणना स्थगित भएको हो ।
चारवटा मतपेटिकाको १,३१२ मतगणना सकिएपछि बाँकी चारवटा मतपेटिकाको मतगणनाका लागि तयारी हुँदै गर्दा चार ओटा मतपत्र नभेटिएको हो । चारवटा मतपेटिका खोलेर सटिङ गरिँदा १,३४३ मत हुनुपर्नेमा १,३३९ मत मात्रै भेटिएपछि मतगणना स्थगित गरिएको हो ।
इटहरी १८ मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका राजदेव चौधरी र नेकपा एमालेबाट रामकुमार चौधरी वडाध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन् । अहिलेसम्मको १,३१२ मतगणना सक्दा वडाध्यक्षमा माओबादी केन्द्रका राजदेवको ३५३ मत प्राप्त भएको छ भने एमालेका रामकुमारको ५८७ मत प्राप्त भएको छ । हालसम्म इटहरीका १ र २० नम्बर वडाको अन्तिम मतपरिणाम आउँदा यहाँ नेपाली कांग्रेसले जितेको छ ।
अहिले इटहरीका २, ४, ५, १७, र १९ नम्बर वडाको मतगणना जारी छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments