
इटहरी १५ कि १६ वर्षिय अस्मिता १८ दिनदेखि बेपत्ता, काकाले पाती सेलाउने भन्दै काेशी सम्म लगेकाे खुल्याे
- जेष्ठ १८, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको इटहरीबाट एक १६ वर्षीया किशोरी बेपत्ता भएकी छन् । गएको वैशाख ३० गतेदेखि बेपत्ता इटहरी-१५ की १६ वर्षीया अस्मिता चौधरीको अवस्था अझै अज्ञात छ ।
किशोरीलाई बेपत्ता बनाएको आरोपमा उनका काका लालु चौधरीसहित दुई जना पक्राउ परेका छन् । लालुले अस्मितालाई झारफुक गर्ने झाँक्रीसँग फुलपाती सेलाउन कोशी नदीमा लिएर गएदेखि उनी घर नफर्किएकी बेपत्ता किशोरीका बुवा पशुपति चौधरीले बताएका छन् ।
‘काका लालु र विराटनगर घर भएका धामी दिनेश मण्डलले मोटरसाइकलमा राखेर अस्मितालाई झारफुक गरेको पाती सेलाउन भन्दै कोशी नदिमा लिएर गएका हुन् । त्यो दिनदेखि छोरी घर फर्केकी छैन,’ बुवा पशुपतिले भने । कोशी नदीमा लैजाने भनिए पनि काका लालु र झाँक्री दिनेशले अस्मितालाई विराटनगरको सनी मन्दिर पुर्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जेठ २ गते किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय पकलीमा मानव अपहरण तथा शरीर बन्धक आरोपमा दुई जनाविरुद्ध जाहेरी दिएका छन् ।
प्रहरीले त्यतिबेलै काका लालु र सनी मण्डल नाम गरेका अर्का एक व्यक्तिलाई पक्राउ गरेको थियो । झाँक्री दिनेश भने अझै फरार रहेको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक रविन्द्र थापाले जानकारी दिए । अस्मिता बेपत्ता हुनुमा झाँक्री काम गर्ने दिनेशकै मुख्य हात रहेको दाबी अभिभावकको छ ।
विराटनगरस्थित सनी मन्दिर नजिक रहेको दिनेशको बहिनीको घरमा अस्मिताको पाउजु फेला परेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक थापाले बताएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments