
इटहरी सरकारलाइ उवासंघको १० थान शौचालय : यि स्थानहरूमा राखिनेछन , दुरूपयाेग नगर्न अनुराेध
- भाद्र २४, २०७९ मा प्रकाशित
इटहरी । इटहरी उपमहानगर क्षेत्रमा सार्वजनिक शौचालयको अभाव खडकिरहेको बेला उद्योग वाणिज्य संघ इटहरीले शुक्रबार पार्टेवल शौचालय प्रदान गरेको छ । उपमहानगरका प्रमुख हेमकर्ण पौडेललाइ उवासंघले उक्त शौचालय हस्तान्तरण गरेको हो ।
उवासंघ इटहरीका अध्यक्ष भीम पौडेलले औपचारिक कार्यक्रमबिच उक्त शौचालय उपमहानगरलाइ हस्तान्तरण गरेका हुन ।उवा संघ इटहरीले ८ वटा पौटेबल र २ वटा मोवाइल शौचालय प्रदान गरेको हो । निर्वाचनको बेला उवासंघले गरेको प्रतिवद्धता अनुरूप सो सौचालय प्रदान गरी आफ्नो बाचा पुरा गरेको हो । कार्यक्रममा मेयर हेमकर्ण पौडेलले निजी क्षेत्रको सहकार्य र सुझाव बिना इटहरी क्षेत्रको बिकाश सम्भव नभएको बताए ।
कोरोनाको समयमा पनि अध्यक्ष तथा व्यवसायी पौडेलले इटहरी सरकार प्रति गरेको सहयोग र सदभावको उच्च मुल्यांकन गरेको बताउदै सुझाव तथा सहकार्य सदैव रहिरहने बताए । मेयर पौडेलले नगरवासिको चाहना अनुसार हालै मात्र इटहरीमा सार्वजनिक शौचालय शिलन्यास भैसकेको अब निर्माण कार्य पनि अघि बढाउने तयारी भइरहेको जानकारी गराए । इटहरिको मुख्य चौक रेयुकाइ चौतारी सहित ३ स्थानमा अबको ६ महिना भित्र सार्वजनिक शौचालय बनिसक्ने बताए ।
कार्यक्रममा उवासंघ इटहरीका अध्ययक्ष भीम पौडेलले इटहरीमा अति आवस्यकिय मानिएको शौचालयको अभावलाइ मध्यनजर गर्दै तत्काल नगरवासि र बाहिरबाट आउने आगन्तुकहरूलाइ सेवा पुर्याउने उद्येश्यले ८ थान पोर्टेवल र २ थान मोवाइल शौचालय प्रदान गरिएको बताए । उनले इटहरी सरकार संग सदैव सहकार्य गरेरै अघि बढने पनि बताए ।
कार्यक्रममा सुनसरिका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शौचालय पाएपछि त्यसको बेवास्था नगर्न र यसको सहि सदुपयोग संगै प्रभावकारी रूपले सञ्चालन गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा प्रदेश सांसद लिलम बस्नेत , नेकपा एमाले इटहरी उपमहानगर अध्यक्ष यामकुमार सुब्बा , नागरिक समाज इटहरीका अध्यक्ष राजु केशी लगायतको उपस्थिती रहेको थियो ।
कहा कहा राखिदैछ ?
एक स्थानबाट अर्को स्थानबाट सजिलै सार्न सकिने यो शौचालय इटहरीको मुख्य स्थानहरूमा रहने छन । बढिजसो सार्वजनिक स्थानहरू जहा शौचालयको अभाव छ त्यस स्थानमा राखिने भएको छ । धरानरोड , पूर्व वसस्टेन , बिराटनगर रोड बस स्टेन , लगायत मुख्य स्थानहरूमा उक्त शौचालय राखिने भएको हो ।
यो संगै प्राप्छ २ थान मोवाइल शौचालय भने आवस्यक अनुसार सञ्चालन गरिने उपमहानगरले जनाएको छ । इटहरी क्षेत्रमा वर्षौदेखि साृवजनिक शौचालय अभाव हुदा नगरवासि देखि बाहिरबाट आउगने आगन्तुकहरू प्रत्यक्ष मार्कामा पर्दै आएका थिए । अब उपमहानगरले उक्त शौचालय पाएसंगै यो समस्याबाट तत्कालका लागि केहि राहत ाहशुस हुने अनुमान गरिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments