
इटहरी वडा नम्बर ४ को आधारभूत स्वास्थ्य इकाई भवनबाट सेवा शुरु
- फाल्गुन ९, २०७८ मा प्रकाशित
इटहरीः इटहरीका सवै वडामा आधारभूत स्वास्थ्य सेवा पुग्ने भएको छ । केहि दिन भित्रैवाट सवै वडाका वासिन्दाले आफनो घर आगनवाटै आधारभूत स्वास्थ्य सेवा पाउने भएका हुन् । यसअघि सरकारी सस्था नभएका वडाहरुमा वडास्तरीय आधारभूत स्वास्थ्य इकाई भवन निर्माण सम्पन्न भएका छन ।
आधारभूत स्वास्थ्य इकाइका लागि आवश्यक जनशक्ति र फर्निचर लगायत ब्यवस्थापन गरिसकिएको उपमहानगरपालिकाले जनाएको छ । यसैविच वडा नम्वर ४ मा निर्मित आधारभूत स्वास्थ्य इकाई भवनको उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले उदघाटन गरे ।
वडा नम्वर ४ का ८५ वर्षिय जेष्ठ नागरिक कटक वहादुर वुढाथोकीको स्वास्थ्य परीक्षण गरेर स्वास्थ्य सेवा सुरु गरिएको छ । भवन उदघाटन समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि चौधरीले इटहरीको सवै वडाका वासिन्दाले आफनै घर आँगन वाट आधारभूत स्वास्थ्य सेवा लिन पाउने अवस्था सृजना गरिएको वताए । उनले केहि दिन भित्रैमा सवै स्वास्थ्य इकाई भवनको उदघाटन गरेर सेवा प्रारम्भ हुने जानकारी दिए ।
प्रमुख प्रशासकीय अघिकृत सूर्य प्रसाद सुवेदीले प्रत्येक स्वास्थ्य इकाईमा एक जना हेल्थ असिस्टेण्ट,एक जना नर्स र एकजना कार्यालय सहयोगीको ब्यवस्थापन गरिएको जानकारी दिए । इटहरी खानेपानी सस्थाका अध्यक्ष राम प्रसाद चौलागाँईले इटहरी उपमहानगरपालिकाले विकास निर्माणमा जनपक्षीय र लोकप्रिय कार्य गरेको वताए । वडा नम्वर ४ का वडाध्यक्ष चन्द्र भटटराईले वडावासीलाई आफनै घर आँगनमा निर्मित स्वास्थ्य इकाइवाट आधारभूत स्वास्थ्य सेवा लिनका लागि वडावासीलाई आवहान गरे ।
वडा सदस्य डिवि राईले जनताको घरदैलोमै स्वास्थ्य सेवा आएकोमा खुशी प्रकट गरे । स्वास्थ्यकर्मी हरी गौतमले आधारभूत स्वास्थ्य इकाइवाट प्राप्त हुने स्वास्थ्यसेवाका वारेमा जानकारी गराए । यसअघिनै वडा नम्वर २ मा आधारभूत स्वास्थ्य इकाइको उदघाटन भइसकेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments