
इटहरी लगायतका शहरमा बम बिस्फाेट गराउने याेजना बिफल : मुख्य याेजनाकार सहित ४ जना पक्राउ
- चैत्र १८, २०७८ मा प्रकाशित
तेज बन
इटहरी । सुनसरीकाे इटहरीमा गत चैत्र १४ गते राति स्थानीयकाे घरमा बम बिष्फाेट गराउने मुख्य याेजनाकार सहित घटनामा संलग्न चारजनालाइ नियन्त्रणमा लिइ शुक्रबार सार्वजनिक गरिएकाे छ । घटनामा संलग्न लमजुङ घर भएका२३ वर्षीय शेरजङ गुरुङ र इटहरी २ मा भाडामा बस्दै आएका २२ वर्षीय रविन थापा इटहरी २ मै बसाेबास गर्दै आएकि ३२ वर्षिया लक्ष्मी देवी थापा सहित बिस्फाेट गराउने मुख्य याेजनाकार झापाकाे कन्काइ नगरपालिका ८ लक्ष्मिपुर बस्ने ४३ वर्षिय सञ्ज्य भनिने खगेन्द्र खरेललाइ प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेकाे हाे ।
लमजुङ घर भएका गुरूङ र इटहरी २ मै डेरा गरि बस्ने थापा बम बिस्फाेटमा परि घाइते बनेका थिए भने घटनामा संलग्न लक्ष्मी थापा र मुख्य याेजनाकार झापा कनकाइका खरेललाइ बेग्ला बेग्लै मितिमा पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएकाे हाे । पक्राउ मध्ये संजय भनिने खगेन्द्र खरेल हिन्दुवादी संगठनकाे नाममा प्रदेश एककाे बिभिन्न शहरहरूमा बम आतंक मचचाउदै आएकाे प्रहरी अनुशन्धानबाट पुस्टि भएकाे छ ।
खरेल यस अघि पनि पटक पटक बम काण्डमै पक्राउ पर्दै जेल जिवन बिताएर छुटेकाे समेत अनुशन्धानबाट खुलेकाे छ । अनुशन्धानकाे क्रममा गत १४ गते ल्याइएकाे बिस्फाेटक पदार्थ पल्लाे काेठामा सार्ने हुदा अन्जानमा बिस्फाेट भएकाे इटहरी प्रहरीले जनाएकाे छ । गत १४ गते इटहरी २ नवजागृति टोलका अमित श्रेष्ठको घरको तल्लो तलामा बम बिस्फोट भएको थियो । घटनालाइ अनुसन्धान गर्न र थप सत्य बाहिर ल्याउन १ नम्बर प्रदेश प्रहरी कार्याल्य विारटनगरको आरआइटी, संघीय प्रहरी इकाई कार्यालय धरानको अनुसन्धान टोली, जिल्ला प्रहरी कार्यालय सुनसरी सहित इलाका प्रहरी कार्यालय इटहरीबाट समेत प्रहरी टोली परिचालित भएको थियो ।
सायद त्यसदिन बम बिस्फाेट नभएकाे भए इटहरी सहित प्रदेश एककाे ठुला शहरहरूमा ठुलै बम बिस्फाेट गराउने याेजना रहेकाे अनुशन्धानकाे क्रममा खुलेकाे पत्रकार सम्मेलनमा उपस्थित सुनसरी प्रहरी प्रमुख एसपि सञ्जयसिंह थापाले बताए । पक्राउ परेका चारैजनाकाे साथबाट प्रहरीले ६ थान बिभिन्न माेडलका माेवाइल सेट , बिस्फाेट भइसकेकाे बमका छर्रा , कालाे रंगकाे टाेसिबा १६ जिवि पेनड्राइभ एक थान , कालाे रंगकाे ब्याग एक थान लगायत सामानहरू बरामद गरिएकाे छ । पक्राउ चारै जनलाइ बम बिस्फाेट र संगठित अपराध सम्बन्धि मुद्धा दर्ता गरिएकाे इटहरी प्रहरीका प्रमुख डिएसपि खगेन्द्र बहादुर खडकाले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments