
इटहरी राजस्वमा दुइ हाकिम : खनालले कुर्सि नछाेडेपछि नयाँले हाजिर गर्नै पाएनन
- कार्तिक ६, २०७९ मा प्रकाशित
इटहरी । राजस्व चुहावट तथा नियन्त्रण सम्बन्धी काम गर्दै आएको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा दुइ जना प्रमुख भएपछि कसलाइ आधिकारिक मान्ने भन्ने बिषयमा बिवाद देखिएको छ । निर्वाचन आचारसंहिता सुरू भएलगत्तै कार्यालयमा प्रमुखको रूपमा खेम ओझा आएका थिए तर पुराना प्रमुख तिर्थ खनाल आफु सरूवा भएको ठाउमा जान नमानेपछि अहिले बिवाद देखिएको हो । खनाल सरूवा भएको ठाउमा जान नमानेपछि नया प्रमुखको रूपमा कार्यालय आएका ओझाले हाजिर नै गर्न पाएका छैनन ।
कार्यालयको प्रमुखमा खेम ओझा सरुवा भएर आए पनि बहालवाला प्रमुख तीर्थ खनालले सरुवा भएको ठाउँमा जान मानेका छैनन् । कार्यालयले राजश्व चुहावट नियन्त्रणको कार्यमा सहजीकरणको कार्य गर्दै आएको छ ।
इटहरीमा २०६९ सालमा कार्यालय स्थापना भई राजश्व छलीलगायत विषयको अनुसन्धान र कारवाही गर्दै आएको कार्यालयमा प्रमुख को हो भन्ने विवाद समेत निम्तिएको छ ।
निर्वाचन आचारसंहिता लागू हुनुपर्व नै ओझा सरुवा भई आए पनि निवर्तमान कार्यालय प्रमुख खनालले सरुवा भएको कार्यालयमा जान मन नगरेका कारण चाडबाडको बेलामा समेत काम गर्न कठिनाई भएको कार्यालय स्रोतले जनाएको छ । एक कर्मचारीले भने, ‘पुराना कार्यालय प्रमुख जान मान्नु भएको छैन्, नयाँ आउनु भएका कार्यालय प्रमुखले पदभार ग्रहण गरी काम शुरु गर्नु भएको छैन । कसरी काम गर्ने भन्नेमा हामी अन्योलमा परेका छौं ।’
सरुवा प्रक्रिया पूरा भएपनि खनालले सरुवा भएको कार्यालयमा नगएको ती कर्मचारीले बताए । केही अघि विराटनगरबाट पक्राउ परेको ठूलो परिमाणको सुपारी राजश्व कार्यालयले दशैंको बिदाको मौका पारेर छाडिदिएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments