
इटहरीले पायाे सुनसरीभरीकै सबैभन्दा बढी बजेट : ५ अर्ब ९२ करोड ८७ लाख मध्ये ९५ कराेड २३ लाख इटहरीलाई
- जेष्ठ २०, २०७९ मा प्रकाशित
इटहरी । आर्थिक वर्ष ७९।८० कालागि बिनियाेजित बजेट मध्ये सुनसरीकाे १२ वटा स्थानिय तहहरूमा कुल ५ अर्ब ९२ करोड ८७ लाख रुपैयाँ बिनियाेजित भएकाे छ । जसमा सबैभन्दा बढि इटहरी उपमहानगरलाइ परेकाे छ । इटहरी उपमहानगरले ९५ करोड २३ लाख रुपैँया बजेट पाएको हाे ।
गत १५ गते अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको आर्थिक बर्ष २०७९/८० को बजेटमा सो रकम विनियोजन गरेका हुन् ।
जसमा सुनसरी जिल्लाका १२ स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट इटहरी उप–महानगर पालिकालाई विनियोजन भएको छ भने सबैभन्दा कम भने गढी गाउँपालिकाले २९ करोड ५७ लाख मात्र बजेट पाएको छ । २ वटा उपमहानगरमा इटहरी उपमहानगरपालिकाले बढि बजेट हात पारेको छ भने धरान उपमहानगर पालिकाले कम बजेट हात पारेको छ । धरान उपमहानगरले ८३ करोड ४ लाख बजेट पाएको छ ।
यसैगरी नगरपालिका तर्फ सबैभन्दा बढी बजेट बराहक्षेत्र नगरपालिकाले हात पारेका छन् भने सबैभन्दा कम बजेट रामधुनी नगरपालिकाले पाएको हो । यस्तै, गाउँपालिका तर्फ सबैभन्दा बढी बजेट कोशी गाउँपालिकाले पाएको छ भने सबैभन्दा कम बजेट गढी गाउँपालिकाले पाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments