
इटहरीमा ९० कराेडकाे लगानी सहित सोल्टी वेस्टेण्ड हाेटल संचालन हुदै : जेठ ३ गते ग्राण्ड ओपनिङ
- जेष्ठ १, २०८० मा प्रकाशित

इटहरी । सोल्टी होटल लिमिटेडअन्तर्गत दोस्रो हाइ इण्ड होटल ‘सोल्टी वेस्टेण्ड इटहरी’ आउँदो जेठ ३ गतेबाट संचालनमा आउने भएको छ। कम्पनीको आफ्नै व्यवस्थापनमा संचालन हुने चितवनको पटीहानीपछिको यो दोस्रो होटल मानिएकाे छ। भारत लगायत बाहिय र आन्तरिक पर्यटकलाई मध्यनजर गर्दै यो होटल संचालनमा ल्याउन लागिएको सोल्टीका उपाध्यक्ष सुदर्शन चापागाईँले बताए।
‘इटहरीको होटल संचालन मिति फाइनल भएको छ। जेठको ३ गतेदेखि यो होटल औपचारिक रुपमा संचालनमा आउनेछ। ग्र्याण्ड ओपनिङसँगै हामी त्यही दिनदेखि बुकिङ खुला गर्नेछौं।’ उपाध्यक्ष चापागाईँले भने।आठ वर्ष अघि निर्माण सुरु गरिएको होटल गरिमाको व्यवस्थापनको जिम्मा सोल्टीले पाएसँगै यो होटल सोल्टी वेस्टेण्ड इटहरी’ को नाममा संचालनमा आउन लागेको हो।
कुल एक बिघा क्षेत्रफलमा रहेको होटलको डिजाइन भारतीय इन्जिनियरिङ कन्सल्टेन्सीले गरेको हो। होटलमा कुल ९० वटा कोठा छ। होटलमा एउटा प्रेसिडेन्सियल सुइट, आठवटा सुइट रुम, १२ वटा एक्जुक्युटिभ रुम, २२ वटा डिलक्स रुम र ४७ वटा स्ट्यान्डर्ड रुम समावेश गरिएको छ।
कम्पनीका अनुसार दुईवटा ब्यांक्वेट, तीनवटा सेमिनार हल, स्पा, जिम, रेष्टुरेण्ट, लाउन्ज लगायत विभीन्न सुविधा रहेको छ।होटलले बिजनेस लक्जरी र ट्रान्जिट होटलको रुपमा सेवा संचालन गर्ने उनले जानकारी दिए। इटहरी आफैंमा बिजनेस हब भइसकेका कारण आन्तरिक र बाह्य पर्यटकको माग अनुसार सेवा दिइने उनले बताए।
होटलमा ४० जना अटाउने एक रुफ टप रेस्टुरेन्ट छ, १०० जना क्षमताको फाइन डाइनिङ र ४० जनाको क्षमताको क्याफे एन्ड बेकरी रहेको छ भने एक हजार क्षमताको एक र ७ सय क्षमताको एक गरी दुई वटा ब्यांक्वेट हल समावेश गरिएको छ।होटलमा स्विमिङ पुल, हेल्थ क्लब, स्पा लगायतका अन्य सुविधा राखिएको जनाइएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments