•  ९ चैत्र २०८१
  •  5:59:36 PM

इटहरीमा १ कराेड ५० लाखकाे लगानी सहित खुल्याे ‘भिस्टा इलेक्ट्रिकको’ नयाँ शाखा

- असार २, २०७९ मा प्रकाशित



इटहरी ।  विश्व प्रसिद्ध कम्पनीका डेकोरेटिभ लाइट र ईन्टरियर डिजाइन सम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यसहित इटहरीमा ‘भिस्टा इलेक्ट्रिक एन्ड होम डेकोर’ सञ्चालनमा आएको छ । विराटनगरका व्यवसायीले सञ्चालनमा ल्याएको उक्त  शोरुम बुधवार देखी सञ्चालनमा आएको हो ।
सो शोरुमको उद्घाटन प्रदेश १ का निवर्तमान मुख्यमन्त्री तथा एमाले प्रदेश १ का संसदीय दलका नेता भीम आचार्यले गरे । भिस्टा इलेक्ट्रिक विराटनगरको शनि मन्दिरमा पनि रहेको छ । विराटनगरपछि भिस्टा इलेक्ट्रिक शाखा इटहरीमा पनि विस्तार गरेको सञ्चालक जिसान आलमले जानकारी दिए ।
इटहरी पश्चिम लाइनमा सञ्चालनमा ल्याइएको भिस्टाले भारत तथा चाइनामा निर्मित डेकोरेटिभ लाइटहरू, झुमर, होल्डिङ लाइट, वाल तथा स्पट लाइटहरू पाइन्छ । यस्तै इन्टिरियर सम्बन्धी थ्रिडी डिजाइन बनाउनुका साथै आवश्यक सामाग्रीहरू समेत उपलब्ध गराउने भिस्टा इलेक्ट्रिक एन्ड होम डेकोरका सञ्चालक जिसान आलमले बताए ।
व्यवसायी आलमले विराटनगर महानगरपालिकाको धरान रोड र शनि मन्दिर रोडमा समेत भिस्टाकै नामले विभिन्न २ वटा शोरुमहरु यसअघि देखी नै सञ्चालन गर्दै आएका छन् । इटहरीमा झन्डै १ करोड ५० लाख रुपैयाँ लगानीमा शोरुम सञ्चालनमा ल्याइएको जनाइएको छ ।
डेकोरेटिभ लाइटहरू आधुनिक भवनका कोठाहरूका साथै होटेल, कार्यालय र सभा हलहरूमा साजसज्जा तथा प्रकाशका लागि जडान गरिन्छ । शोरुम उद्घाटनको अवसरमा भिस्टाले असार १ देखी ८ गतेसम्म १५ प्रतिशत छुट दिने घोषणा समेत गरेको छ ।

Comments

सम्बन्धित खवर