
इटहरीमा १६ प्रकारका उद्यमीद्वारा उत्पादित सामग्रीहरूको प्रदर्शन सँगै बिक्री वितरण सुरु
- भाद्र १, २०८१ मा प्रकाशित

इटहरी । हाम्रो उत्पादन हाम्रै बजारमा भन्ने मूल नाराका साथ इटहरी उपमहानगरको २० वटै वडाका उद्यमीहरूले उत्पादन गरेको सामग्रीहरूको प्रदर्शन तथा बिक्री वितरण सुरु भएको छ ।
उपमहानगरको कार्यालय अगाडीकाे खाली ठाउँलाई सदुपयोग गर्दै नागबेली पालिका बजारले सो सामग्रीहरूको प्रदर्शन तथा बिक्री वितरण सुरु गरेको हो ।
मानव जीवनमा दैनिक आवश्यक सामग्रीहरू प्रदर्शनमा राखिएको र आजबाटै औपचारिक रूपमा बिक्री वितरण पनि सुरु गरिएको कार्यक्रम संयोजक विजया प्याकुरेलले बताइन ।
हिन्दु नेपालीहरूको महान् पर्वहरूलाई लक्षित गरी सुपथ मूल्यमा पाइने गरी सो सामग्रीहरूको प्रदर्शनीद्वारा बिक्री वितरण सुरु गरिएको र यदि स्थानीय उत्पादित सामाग्री भए बिक्रि वितरणका लागि आब्हान समेत गरिएको प्याकुरेलले बताइन ।
इटहरीमा नयाँ कामकाे थालनी संगै महिलाहरूलाइ उत्पादन संग जाेडेर उद्यमी बनाउन प्रेरित गराउने काम प्रति प्रसंसा गर्दै डेभलपमेन्ट कन्सलटेन्सी एन्ड रिसर्च सेन्टरकि प्रवन्धक सुभद्रा प्याकुरेलले सुभकामना मन्तब्य राखेकि थिइन । त्यस्तै काेशी प्रदेशकि सांसद मिनाकुमारी श्रेष्ठले उद्यमीहरूले उत्पादन गरेकाे सामग्रीहरूकाे अवलाेकन संगै चाडपर्व लक्षित यस्ता कार्यक्रमहरू प्रभावकारी हुने भन्दै सुभकामना दिएकि थिइन ।
उत्पादन भएका सामग्रीहरूले बजार पाउन मुस्किल भइरहेकाे बेला डेभलपमेन्ट कन्सलटेन्सी एन्ड रिसर्च सेन्टरकाे सहकार्यमा एकै ठाउबाट प्रदर्शनी र बिक्री बितरण गर्न पाउदा उद्यमीहरू पनि खुशी देखिएका छन ।
कार्यक्रममा इटहरी उपमहानगर प्रमुख हेमकर्ण पाैडेल ,माननीय मिना श्रेष्ठ, वडा नं २ ,५ ,६ र १३ का वडाध्यक्ष ,जनप्रतिनिधि , इटहरी नागरिक समाजकी अध्यक्ष बालिका खडका भट्टराइ , पत्रकार लगायतले साे बजारकाे अवलाेकन संगै अग्रिम सुभकामना दिएका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments